पर्यटकीय भूमि शैलुङमा जनै पूर्णिमा विशेष मेला

रामेछाप । रामेछाप र दोलखाको सिमानामा पर्ने ऐतिहासिक तथा धार्मिक स्थल शैलुङमा यो वर्ष पनि ठुलाो जनै पूर्णिमा मेला लागेको छ । प्रत्येक वर्ष गोने ङ्ह्या अर्थात् जनै पूर्णिमा भन्दा तीन दिन अघिदेखि नै शैलुङमा मेला सुरु हुने गर्दछ । जनै पूर्णिमाका दिन मेला समापन हुने गर्दछ ।
जनै पूर्णिमामा विभिन्न जिल्लाका भक्तजनहरू आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा श्रद्धा अर्पण (ङोवा) का लागि पनि आउने शैलुङ आउने छन् । बोन्बो (झाँक्री) हरू पूर्णिमामा शैलुङ पुग्ने गर्छन् ।
उनीहरू पूर्णिमाको अवसरमा ज्ञान आर्जनका लागि शैलुङमा गुफा वास पनि बस्ने गर्दछन् । यो समयमा देवीदेवता लगायत सबै राम्रा शक्तिहरू गुफामा बस्ने गरेको विश्वास गरिन्छ ।
समुन्द्री सतहदेखि तीन हजार १४८ मिटरको उचाइमा रहेको शैलुङमा सदियौँदेखि प्रत्येक वर्ष गोने ङ्ह्या (जनै पूर्णिमा) मा मेला लाग्ने गर्दछ । यो मेला भर्नका लागि रामेछाप, दोलखा, सिन्धुपाल्चोक, लगायतका स्थानबाट झाँक्री, लामाहरू सहित भक्तजनहरू आउने गरेको स्थानीयको भनाइ छ ।
महाभारत श्रीङखलाको उच्च पर्वतीय क्षेत्र शैलुङको प्रचार प्रसार, सडक सहित पर्यटकीय पूर्वाधारहरू बनेपछि यहाँ आउने पर्यटकहरूको आवत जावतमा वृद्धि भएको छ । गएका वर्षहरूमा भन्दा पछिल्ला वर्षहरूमा शैलुङ मेला भर्न आउने मानिसहरूको सङ्ख्या बढ्दो मात्रामा रहेको स्थानीय दावासङवु शेर्पाले बताउनुहुन्छ ।

उहाँले भन्नुभयो“शैलुङ नेपालकै एउटा ऐतिहासिक तथा धार्मिक स्थल हो । यो पर्यटकीय भूमि हो । यहाँ यस्ता विशेष चाड पर्वमा मात्रै नभएर दिनहुँ जस्तो आन्तरिक तथा बाह्य पर्यटकहरू आउने क्रम बढ्दो मात्रामा छ । जनै पूर्णिमा विशेष मेला भर्न आउनेको सङ्ख्या पनि पछिल्ला वर्षहरूमा बढ्दो मात्रामा नै छ ।”
उहाँका अनुसार जनै पूर्णिमाको तीन दिन अघि देखिनै सुरु हुने शैलुङ मेला भर्न रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ लगायतका ठाउँबाट हजारौँ मानिसहरू आउने गरेका छन् । शैलुङ मेलामा चौँरीको दूधबाट बनेका विभिन्न परिकारहरू लगायत स्थानीय कृषि उत्पादनहरू ठुलो मात्रामा बिक्री हुने गरेको उहाँले बताउनुभयो । धार्मिक पर्यटकीय स्थल शैलुङमा पर्यटन पूर्वाधार विकासका लागि प्रदेश तथा स्थानीय सरकारले पनि विभिन्न योजनाहरू सञ्चालन गर्दै आएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च