एमाले मन्थली नगरपालिका–९ पुरानागाउँ वडा–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा जीवन विक

काठमाडौँ । नेकपा (एमाले) मन्थली नगरपालिका–९ पुरानागाउँ वडा–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा जीवन विक चयन भएका छन् । सोमबार काठमाडौँ स्थित कोटेश्वरमा सम्पन्न भएको वडा मञ्चको दोस्रो वडा सम्मेलन तथा अन्तरक्रिया कार्यक्रमले विकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा सङ्गठन विभागको सचिव माधव ढुङ्गेलको प्रमुख आतिथ्यमा भएको दोस्रो वडा सम्मेलन तथा अन्तरक्रियाले नयाँ नेतृत्वको उपाध्यक्षमा भुवन श्रेष्ठ, उषा किरण श्रेष्ठ, सचिवमा महेश पुरी र सह–सचिवमा राजेश थापा मगरलाई चयन गरेको छ ।

Advertisement

कार्यक्रममा बागमती प्रदेश सम्पर्क कमिटी सचिवालय सदस्य राजेन्द्र श्रेष्ठ, सदस्य नारायणबाबु कार्की, बागमती प्रदेश सम्पर्क कमिटी सदस्य तथा विभागका सचिव राजन आरण, एमाले रामेछाप जिल्ला कमिटी सदस्य सूर्य माझी, मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरे, उपसचिव रमेश गेशमाली, काठमाडौँ–मन्थली नगर सम्पर्क मञ्च कमिटीका अध्यक्ष अर्जुन अधिकारी, सचिव सन्दीप बुढाथोकीको सहभागिता रहेको थियो ।
त्यसै गरी मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका निर्वाचित वडा अध्यक्ष गोकर्णराज आरण, सदस्य एवं एमाले मन्थली नगरपालिका ९ नम्बर वडा कमिटीका अध्यक्ष रामबहादुर श्रेष्ठ, निर्वाचित सदस्य एवं एमाले मन्थली नगरपालिका ९ नम्बर वडा कमिटीका सचिव धनलाल तामाङ, पूर्व सम्पर्क कमिटीका अध्यक्ष विनोद कुमार श्रेष्ठ, सचिव वसन्तराज गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा एमाले केन्द्रीय सदस्य तथा सङ्घटन विभागको सचिव माधव ढुङ्गेलले पार्टीको नीति, विधि र सिद्धान्तमा रही सशक्त रूपमा जिम्मेवारी अनुसारको काम गर्न नयाँ नेतृत्वलाई आवश्यक निर्देशन दिए ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च