रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानी र वडा नं १० चनखुको सिमाना भएर बग्ने बफर खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ ।
मङ्गलवार बिहान खोला तर्ने क्रममा खोलाले बगाउँदा मन्थली नगरपालिका–१० महादेवटारकी ५० वर्षकी लोकमाया श्रेष्ठको ज्यान गएको स्थानीय पशुपति ढुङ्गेलले जानकारी दिए ।
Advertisement
उनका अनुसार बिहान खोलाले भगाएको श्रेष्ठको खोजी गर्दै जाँदा दिउँसो महादेवटार फेदीमा लास भेटिएको हो । मृतक श्रेष्ठको लास पोस्टमार्टमका लागि सदरमुकाम मन्थली स्थित मन्थली अस्पताल ल्याइएको छ ।
प्रतिक्रिया