रामेछाप । १८५ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा रामेछाप सदरमुकाम मन्थलीमा वर्तमान अवस्थामा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
रामेछाप जिल्लाका प्रमुख राजनीतिक दल र पत्रकारबिच भएको अन्तरक्रिया कार्यक्रम राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा रामेछापले आयोजना गरेको हो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले पछिल्लो समय पत्रकारिता क्षेत्रमा पेसागत चुनौती बढेको गुनासो गरे । स्थानीय, सङ्घ र प्रदेश तीनै तहको सरकारले सञ्चार क्षेत्रको विकासका लागि खासै वास्ता नगर्दा जिल्लाका कतिपय सञ्चारमाध्यम बन्द भइसकेको र कति बन्द हुने अवस्थामा पुगेकाले पेसागत चुनौती बढेको पत्रकारहरूको गुनासो छ ।
जिम्मेवार निकायबाट नै पत्रकारहरूलाई स्वार्थ पुरा गर्नका लागि मात्रै प्रयोग गर्ने र यसमा खुसी हुने जस्ता परिपाटीको विकास हुँदा थप समस्या भएको पत्रकारहरूको गुनासो छ ।
राजनीतिक दलहरूले नै पत्रकारहरूलाई यो पार्टी त्यो पार्टी भने ट्याक लगाउने तर यस्ता मिडियाको विकास र ती मिडियामा काम गर्ने पत्रकारहरूको अवस्थाका बारेमा भने राजनीतिक दलहरू बेमतलबी भनेको पत्रकारहरूको गुनासो छ ।
जिल्लामा सञ्चालित सञ्चार माध्यमहरूको संरक्षण र विकास गर्ने स्थानीय सरकारको दायित्व भए पनि एकाध बाहेकका स्थानीय सरकारले जिल्लाका मिडियालाई केही सहयोग नगरेको पत्रकारहरूको गुनासो छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सञ्चार मैत्री बनाउनका लागि सम्बन्धित राजनीतिक दलले कुनै पनि भूमिका खेल्न नसकेको उनीहरूको गुनासो छ । राजनीतिक पार्टीले पत्रकार र सञ्चार माध्यमलाई निर्वाचन र आफूलाई समस्या पर्दा मात्रै प्रयोग गर्ने गरेको पत्रकारहरूको गुनासो छ ।
कार्यक्रममा नेपाली काँग्रेस रामेछापका उप–सभापति लेख बहादुर कार्कीले पत्रकार र पत्रकारिता क्षेत्रसँग जोडिएको समस्याले नेपाली काँग्रेसलाई गम्भीर बनाएको बताउनुभयो । सबै राजनीतिक पार्टीका पत्रकार आबद्ध आ–आफ्नै संगठन रहेकाले ती संगठनमा पत्रकारिता क्षेत्रका समस्या, चुनौती र अवसरहरुका बारेमा छलफल गरी त्यसबारे आ–आफ्ना राजनीतिक दललाई जानकारी गराउन आवश्यक रहेको उहाँको भनाइ छ । रामेछाप जिल्लाको पत्रकारिता क्षेत्रको विकासका लागि नेपाली काँग्रेस रामेछाप गम्भीरताका साथ लाग्ने उहाँको प्रतिबद्धता छ ।
नेकपा एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले यो मुलुकमा भएका जति पनि परिवर्तनहरू आएका छन् त्यसमा पत्रकारहरूको पनि राजनीतिक पार्टीहरु सरह योगदान रहेको बताउनुभयो । पत्रकारिता क्षेत्रसँग जोडिएका तमाम समस्याहरूको समान धान गरी यो क्षेत्रको विकासका लागि देशका सबै राजनीतिक पार्टीहरू लाग्ने उहाँको भनाइ छ । रामेछाप जिल्लाको पत्रकारिता क्षेत्रको समस्या समाधान र विकासका लागि नेकपा एमाले पनि गम्भीर रूपमा लाग्ने उहाँको भनाइ छ ।
नेकपा माओवादी केन्द्र रामेछापका नेता उद्धव रम्तेलले रामेछाप जिल्लाको पत्रकार क्षेत्रसँग जोडिएका धेरै गम्भीर विषयहरू उठेकाले यो सबै राजनीति पार्टीहरूका लागि पनि गम्भीर छलफलको विषय बन्ने बताउनुभयो ।
राप्रपा नेपाल रामेछापका अध्यक्ष रामचन्द्र कडेंलले पत्रकारिता लोकतन्त्रको खम्बा भएकाले यसको संरक्षण र विकासका लागि राज्य लाग्नुपर्ने बताउनुभयो । अहिले पत्रकारिता क्षेत्र बिस्तारै धराशायी बाटोमा लागेकाले यो क्षेत्र धराशायी बन्यो भने लोकतन्त्र नै मासिने खतरा बढ्ने उहाँको भनाइ छ ।
सन् २०२४ सम्ममा आइपुग्दा एक सय ८५औँ विश्व फोटोग्राफी दिवस भए पनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
१८५ औँ विश्व फोटोग्राफी दिवसः रामेछापमा पत्रकारको भूमिका विषयमा अन्तरक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया