रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा रातको समयमा गोदाममा राखिएको फ्रिजको कम्प्रेसर चोरी गर्ने पक्राउ परेका छन् ।
मन्थली बजार स्थित कृषि विकास बैङ्क क्षेत्रमा रहेको प्रत्यूस इन्टरप्राइजेज एन्ड सप्लायर्सको गोदाम बाहिर राखिएको फ्रिजको कम्प्रेसर चोरी गरेको आरोपमा मन्थली नगरपालिका–.१ बस्ने ३९ वर्षका हरिबहादुर खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
खड्कालाई कृषि विकास बैङ्कबाट मन्थली नगरपालिका जाने ओरालोमा रहेको प्रत्यूस इन्टरप्राइजेज एन्ड सप्लायर्सको गोदामबाट बिहीबार बिहान साढे ३ बजेको समयमा फ्रिजको कम्प्रेसर चोरी गरेको आरोपमा बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरी भएको समान सहित फेला पारी पक्राउ गरिएको खड्का माथि जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मन्थली बजार क्षेत्रमा चोरीका घटना बढेपछि रातको समयमा प्रहरी निगरानीका लागि भन्दै प्रहरीले तीन वटा पिकेट थप गरेको छ । चोरीका घटना हुन नदिन प्रहरीले मन्थली लगायत जिल्लाका विभिन्न स्थानहरूमा विशेष निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रतिक्रिया