जसरी बोटबाट फल
छुट्टिन चाहदैन ।
औंला र नङ
परिपुरक छन् ।
ढुङ्गा र माटो
अटल छन् ,त्यसरी नै
म र अन्धकारको सम्बन्ध
अमर बनेको छ ।
मलाई मार्न
हजारौ मनहरु,
हजारौ सम्बन्धहरु,
हजारौ औषधीहरु
हजारौ डाक्टरहरु
र
हजारौ रुपैयाको नोटले सामूहिक
आत्महत्या गरिसकेका छन् ।
Advertisement
कस्लाई सुनाउ म ?
म निर्दोष छु,
म अभागी छु,
म लाचार छु
र
म इमान्दार छु भनेर ।
यहाँ त लिङ्ग हेर्नाले,
आज म मर्न बाध्य छु ।
Advertisement
न म अदालत जान सक्छु,
न म पुलिस स्टेसन जान सक्छु,
न म चिच्याउन सक्छु,
म त केवल उज्यालो देख्न नपाउदै
भगवानको सरणमा हुने छु ।
शिक्षित अन्धकारको लौरो
टेकिरहेछन् ।
अन्धो अँध्यारोमा दीप
जलाइरहेछ ।
वृद्ध वृद्धाश्रममा छोरो
खोजिरहेछिन् ।
अनि म
आमाकै पेटभित्र आमा
खोजिरहेछु ।
Advertisement
जसरी अस्ताउदै गरेको घामले
बिहानी खोज्छ ।
मर्न लागेको बिरुवाले
पानी खोज्छ ।
त्यसरी नै म
एउटा असल आमा खोजिरहेछु ।
खोजिरहेछु……………।
श्रवणकुमार प्रधान
खोटाङ
प्रतिक्रिया