एक वर्षमा रामेछापमा १२ जना बालबालिका कुपोषित

रामेछाप । एक वर्षको अवधिमा रामेछापमा १२ जना बालबालिकामा कुपोषण देखिएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा रामेछापमा १२ जना बालबालिकामा कुपोषण देखिएको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका यसअघिको आर्थिक वर्ष २०७९÷०८०मा रामेछापका ३२ जना बालबालिकामा कुपोषण देखिएको थियो ।
बागमती प्रदेशका १३ जिल्लामध्ये रामेछापमा सबै भन्दा कम बालबालिकामा कुपोषणको समस्या देखिएको छ । प्रदेशका १३ जिल्लाका एक हजार ७३९ बालबालिकामा कुपोषण देखिएको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement

जसमध्ये सबैभन्दा बढी ललितपुर जिल्लाका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । ललितपुरका मात्रै ९१५ बालबालिकामा कुपोषण देखिएको हो । निर्देशनालयका अनुसार काठमाडौँमा २२०, चितवनका १८९, काभ्रेपलान्चोकमा ९२, सिन्धुलीमा ६९, धादिङमा ६१, मकवानपुरमा ५७ र भक्तपुरमा ४९ जना बालबालिकामा कुपोषण देखिएको छ ।

यस्तै, दोलखाका २०, सिन्धुपाल्चोकका २२, नुवाकोटका १८ र रसुवाका १५ जना बालबालिकामा कुपोषण देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कुपोषणको दर केही घटे पनि अपेक्षा गरे अनुसारको सुधार नभएको निर्देशनालयका प्रवक्ता एवम् जनस्वास्थ्य प्रशासक सतीश विष्टले जानकारी दिनुभयो । यसअघि अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा प्रदेशका १ हजार ८६६ बालबालिका कुपोषणको सिकार भएका थिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च