दोरम्बा शैलुङ गाउँपालिका पहिरो अपडेटः ६ जनाको लास भेटियो, ४ जनाको खोजी हुँदै

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा हराएका मध्ये ६ जनाको लास भेटिएको छ । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

अविरल वर्षापछि शनिवार राति ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये अहिलेसम्म ६ जनाको लास भेटिएको, एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र बाकी ४ जनाको खोजी भइरहेको दोरम्बा शैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कडेलले जानकारी दिनुभयो ।
अहिलेसम्म भिमबादुर थापामगरको घरमा पहिरोले पुरिएका दोरम्बा शैलुङ गाउँपालिका.–३ लेखखर्क की ३० वर्षकी चण्डिका श्रेष्ठ उनकका १८ महिनाको बालक आमुष श्रेष्ठको लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Advertisement

त्यसै गरी उर्मिला पहरीको घरमा पुरिएका घर धनी ५७ वर्षकी उर्मिला पहरी सहति ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका बिज्ञान पहरीको पनि लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो ।
अहिले काले पहरीको घरमा पुरिएका ३ जना र ९० वर्षकी एक वृद्धा महिलाको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजि गरिरहेको उहाँले बताउनुभयो । अविरल वर्षपछिको बढी पहिरोले गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका हिमपाइप बगाएको स्थानीयले बताएका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च