बाढीले मन्थली–चरिकोट सडक अवरुद्ध, मिल्ती बजारका आधा दर्जन घर, टहरा र व्यवसायमा क्षति

रामेछाप । शनिवार रातिको अविरल वर्षा पछिको बढीका कारण रामेछाप सदरमुकाम मन्थलीबाट दोलखा सदरमुकाम चरिकोट जाने सडक अवरुद्ध भएको छ ।

मन्थली नगरपालिका–१३ र दोलखा जिल्लाको सिमाना मिल्तीको पुलको जिप बाढीले कटान गरेको मिल्तीका स्थानीयले बताएका छन् । पुलको जिप बाढीले कटान गरेका कारण मन्थली–चरिकोट सडक अवरुद्ध बनेको स्थानीयको भनाइ छ ।
बाढीले घर टहरा र व्यवसायमा क्षति
शनिवार राति मिल्ती खोलामा आएको बाढीले मन्थली नगरपालिका–१३ मिल्ती बजारमा घर, टहरा र विभिन्न व्यवसायमा क्षति गरेको छ । मिल्ती बजारमा हर्कमाया खड्काको उत्सा किराना तथा फेन्सि पसल, युवराज फुयाँलको फर्निचर तथा होटेल, देवेन्द्र मगरको कुसुम खाजा घर, सरोज तामाङको फेन्सि तथा रेडिमेट पसल सहित घर पूर्ण रूपमा क्षति भएको रामेछाप उद्योग वाणिज्य शङ्का सचिव यज्ञ सुवेदीले जानकारी दिनुभयो ।

Advertisement

केशव उपाध्यायको घर र पस पनि बाढीको उच्च जोखिममा रहेको सचिव सुवेदीले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च