राज्यमन्त्री तामाङले लेख खर्कका पहिरो पीडितलाई भेटे, प्रति मृतक १० हजारका दरले राहत रकम प्रदान

रामेछाप । ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम)ले दोरम्बा शैलुङ गाउँपालिका–३ लेख खर्कका पहिरो पीडितलाई भेट्नुभएको छ ।

आइतबार दिउँसो हेलिकप्टर मार्फत पहिरो पीडित भेट्न काठमाडौंबाट आउनु भएका राज्यमन्त्री तामाङले घटना निरीक्षण पश्चात् जोखिममा रहेका बस्तीलाई तत्कालै हटाएर आवश्यक व्यवस्थापन मिलाउन लागि पर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभयोे । उहाँले पहिरो पीडितलाई भेटेर पहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रति मृतक १० हजार रुपैयाँका दरले राहत रकम पनि उपलब्ध गराउनुभएको छ । अविरल वर्षापछि शनिवार राति करिब ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट खसेको पहिरोले लेख खर्कका ६ वटा घर बगाउँदा घरभित्र रहेका ११ जना मध्ये ६ जनाको लास निकालिएको र ४ जना अझै बेपत्ता छन् ।

Advertisement

पहिरोमा परी ३२ वर्षकी चण्डिका थापा मगर र उहाँका १८ महिनाका छोरा आमुस श्रेष्ठको ज्यान गएको छ । चण्डिकासँगै सो घरमा पुरिएकी अञ्जना पहरीको भने जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोमा पुरिएका एकै परिवारका ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र ११ वर्षका विज्ञान पहरीको शव पनि निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो । प्रहरीका अनुसार पहिरोले घर बगाउँदा ९० वर्षकी पुड्की पहरी, करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी बेपत्ता छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च