कथा

त्यस पछि उनको फ्रेन्ड रिक्वेस्ट आयो….

भोलि त कलेज बाट टुर जाने । आहा ! मनमा छुट्टै उत्साह र उमङ्ग थियो । साथी हरु सङ्ग घुम्न जाने भए पछि मन यसै फुरुङ्ग हुने । उनी पनि जाँदै थिईन टुर । त्यसैले मनमा अझ उत्साह र खुशि थियो । उनी अर्थात त्यही केटि जस्लाई मैले पहिलो चोटि देखेर मन पराएको । पहिलो चोटिमा मै वाव लागेको । बिहान छिटै उठ्न पर्ने भएकाले साझ छिट्टै सुते म ।

बिहानै साथिहरुको फोन आयो ” ओई उठ्नु पर्दैन ढिला हुन लागि सक्यो ” । हतार हतार उठेर तयार भए । कालो प्यान्ट, कालो हूडी र कालै ज्याकेट लगाए । मलाई कालो कलरको कपडा धेरै मन पर्ने । मनमा अनेक कुरा खेलिरहेका थिए उनि म सङ्ग बोल्ने होकि हैन? मैले मन पराएको कुरा थाहा पाईन भने के भन्छिन होला लागिरहन्थ्यो । गाडी आयो तर काठमाण्डौको सार्बजनिक यातायात चढेको भन्दा बढी भिड । ओहो ! ठेलामठेल। त्यहि माथी साथिहरुको त्यो हल्ला र चिच्याहट । मनमा छुट्टै किसिमको भाव लिएर म गाडि चढे । साथी हरु गाडिमा बस्न हुन्न उभिएर जानू पर्छ भन्दै थिए । “आधी खोलामा, के ल्याइदिम कोसेली भिर्नी झोलामा” भन्ने गित बजिरहेको थियो गाडिमा । हामी जोर जोरले यहि गित गाइरहेका थियौ । साथी हरुसङ्ग घुम्न जादा यहि त छ फाइदा मजाले नाच्न पाईन्छ हल्ला गर्न पाईन्छ तर यति पनि भएन भने त पारिवारिक भ्रमण जस्तो भइहाल्यो नि । हाम्रो चार दिने भ्रमण थियो अर्थात पोखरा र लुम्बिनिको । साथी हरुको आ~आफ्नै योजना थिए । अनि मेरो पनि । “एक्स्क्युज मि ” पछाडी बाट आवाज आयो । म पछाडी फर्किए यसो हेरेको त उनी पो रैछिन । म त झसङ्ग भए । मन मनै जस्को कुरा सोचिराको थिए त्यहि मान्छे अगाडि आउदा लाजले भुतुक्कै भए । उनको हातमा पर्स थियो । हजुरको पर्स खसेछ लिनुस । उनको हात म तिर अघि बढाउदै भनिन । ओहो! कस्तो यहि बेलामा पर्स खस्न परेको । थ्यान्क्यु पनि भन्न नपाई उता गईन । यो मान्छे त मनको कुरा पनि थाहा पाउछे कि के हो? कस्तो उस्कै कुरा सोचिराको बेलामा अगाडि आईदी’राको त ! गाडी भित्र हल्ला र गित मजाले चलिरहेकै थियो ।

Advertisement

हाम्रो गाडी खाना खान मलेखुमा रोकियो । सबै जना भेला भयौ । उनी पनि गाडी बाट झरिन । अघि पर्स दिदा राम्रो सङ्ग हेर्न पाएको थिईन मैले उनी लाई । निलो प्यान्ट, सेतो हाइनेक अनि त्यस माथी कालै कलरको लङ कोट । टाउको माथी चस्मा आँखा मा अलि अलि देखिने गाजल । आहा ! बिछट्टै सुहाएको । कति राम्रो देखिएकी उनी । उस्को नजिकै गएर भन्न लाग्थ्यो “भगवानले तिमी लाई तफुर्सदमै बनाएर यस धर्तीमा पठाएका हुन । फेरि सोचे फुर्सदमा त मत्वपुर्ण काम गरिदैन नि हैन र ? जे होस उनी त्यो पहिरनमा साच्चिकै समर लभकी साया जस्तै देखिएको थिईन । सबैले खाना खायौ । मेरो साथीहरुलाई पहिल्यै थाहा आज मैले उनी लाई मेरो मनको कुरा भन्ने छु भनेर थाहा पनि किन नहोस कस्को लभ को सङ्ग चल्यो, कस्ले कस्लाई मन पराउछ भनेर थाहा पाउने नै साथिहरु बाट हो । हामि खाना खाएर त्यहा बाट हिड्यौ । आजको स्टे हाम्रो पोखरामा थियो त्यही भएर उत्साहित थियौ हामी सबै । फेवा तालमा बोटिङ गर्ने केटहरुको अस्ति देखिकै प्लान हो । साझ तिर पोखरा पुगियो बस्ने ठाउँ को पहिला नै फिक्स भैइसकेको थियो । हामी अनि हाम्रो टिम फेवा ताल घुम्न निस्कियो साझ को समयमा । आहा ! कति मनमोहक अनि कति शान्त र सुन्दर पोखरा । सबै यसै भनिरहेका थिए । बाटोमै मैले उनी लाई तिमी सङ्ग केही कुरा छ भनेको थिए । के कुरा हो र त्यस्तो? भन्दै मुसुक्क हासेकी थिईन । झन मेरो कन्फिडेन्स लेभल बढेको थियो ।

फेवातालको किनार मनमोहक दृश्य अनि शान्त वातावरण आहा ! क्या गजबको समय । यो समय यहि टक्क रोकिदियोस जस्तो लाग्ने । अनि अर्को छेउमा उनी थिईन । कुरा कहाँ बाट सुरु गर्ने कसरी सुरु गर्ने केही थाहा थिएन । अनि किन बोलाउनु भएको हो ? कुरा उनैले सुरु गरिन । अलि सजिलो महसुश भयो मलाई । तिमी लाई पहिलो पटक कर्ली कपाल, पहेलो हुडि, निको प्यान्ट र सेतो स्यान्डलमा देख्दा कति राम्री देखिएको थियो नि त्यही सुनाउन बोलाको म हासे अनि उनी पनि हासिन ।कहाँ देख्नु भएको थियो र मलाई? उनले सोधिन । तिम्रो साथिले फेसबुकमा राखेको फोटोमा देखेको मैले भने । उनी लाई पनि थाहा थियो मैले मन पराउछु भनेर तर थाहा नभए जस्तो व्यवहार गर्दै थिइन । केटि मान्छे हरु अरुको मन चोर्न र बुझ्न चलाख हुन्छ्न थाहा भएर पनि भन्दैनन अरुकै मुख बाट सुन्न चाहन्छन । “म तिमीलाई खुब प्रेम गर्छु फेसबुकको बटन थिचेर दुनिया सामु देखाउनलाई हैन मनै देखि प्रेम गर्छु ” केही आशा अनि केही डर मिसिएको भावमा भने । किन प्रेम गर्नु भएको त त्यसरी ? जिस्किने भावमा उनले भनिन । प्रेम गर्छु भनेर हुने र गर्दिन भनेर नहुने हो र ? यो त मनै देखि प्रकट हुने कुरा हैन र ? मैले भने । त्यसो भए पहिला नै किन नभन्नु भएको त ? उनले सोधिन । कसै सङ्ग प्रेममा पर्नु भन्दा मीठो त कसैलाई नभनी नभनी प्रेम गर्नु हुने रैछ । मान्छे आफुलाई प्यारो लाग्ने कुरा सधै प्यारो लागिरहोस भन्ने चाहदो रैछ । हामी कुनै कुरा टाढा हुदा अझ बढी त्यसको महत्व बुझ्दछौ । मान्छे हरु घाम जुनको तारिफ गर्छन किन थाहा छ राम्रो भएर हैन टाढा भएर हो मैले भने । अनि घाम जुन जत्तिकै टाढा हुदा मात्र होर प्यारो अनि आफ्नो लाग्ने केहि हास्दै उनले भनिन । त्यो त हैन तर…….। फेवाताल शान्त र शौम्य थियो । म त तपाईं नजिकै छु त अनि कसरी प्यारो लाग्यो त उनले केही जिस्किने भावमा भनिन । समय आएपछी बताउला त्यो पनि मैले भने । फेवातालबाट आइरहेको चिसो हावाले उनको कपाल फुर फुर हल्लाइरहेको थियो । केही औपचारिक गफगाफ सङ्गै हामी छुट्टियौ । उनी उनको साथिहरु सङ्ग निस्किइन म मेरो साथीहरु सङ्ग फेवातालमा बोटिङ गर्न निस्किए । बेलुका खाना खाएर सुत्ने बेलामा एक्छिन फेसबुक हेर्न पर्यो भनेर अन आएको उनको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

One thought on “त्यस पछि उनको फ्रेन्ड रिक्वेस्ट आयो….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च