रामेछापमै पहिलो युनिसेक्स पार्लरः आज सेवा लिनेलाई ४० प्रतिशत छुट

रामेछाप । रामेछाप जिल्लामै पहिलो पटक महिला तथा पुरुषका लागि सुविधा सम्पन्न सेवा सहितका युनिसेक्स पार्लर सञ्चालनमा आएको छ । सदरमुकाम मन्थली स्थित देवकोटा चोकमा सोमबार क्युट कट युनिसेक्स पार्लरको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले रिबन काटेर उद्घाटन गर्नुभएको छ ।

पाँच वर्ष जापानको रोजगारीपछि नेपाल फर्किएका मन्थली नगरपालिका–२ का दिपेस कार्कीले जिल्लामै पहिलो विशेष सेवा सुविधा सहितको युनिसेक्स सलोन (पार्लर) व्यवसाय सुरु गर्नुभएको हो ।

Advertisement

रामेछाप जिल्लामा अहिलेसम्म यो खालको सेवा पाइने युनिसेक्स पार्लर नभएकाले नेपालमै केही गर्ने आफ्नो सोच अनुसार क्युट कट युनिसेक्स सलोन(पार्लर) व्यवसायको सुरुवात गरिएको सञ्चालक कार्कीले बताउनुभयो ।

उहाँका अनुसार यो पार्लरमा महिला र पुरुष दुवैका लागि मेनु अनुसारका सेवाहरू प्रदान गरिने छ । महिलाको पार्लरमा पुरुष पस्न नहुने भ्रमलाई चिर्नका लागि साथै रोजगारीको अवसरका लागि पनि महिला र पुरुषका लागि नै पार्लर सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

Advertisement

पुरुषको कपाल काट्न, वाक्स, मेनिकेयर जस्ता सेवा यो विषमा योग्य जनशक्तिबाट प्रदान गरिने सञ्चालक कार्कीले बताउनुभयो । आफ्नै देशमा कुनै नयाँ क्षेत्रमा केही गर्ने सोचका साथ १८ लाख रुपैयाँ भन्दा बढी लगानीमा युनिसेक्स सलोन(पार्लर) व्यवसाय सुरु गरेको सञ्चालक कार्कीले बताउनुभयो ।

व्यवसाय सुरुवात भएको पहिलो दिन यहाँबाट प्रदाने हुनै सबै किसिमका सेवामा ४० प्रतिशत छुट गरिएको समेत उहाँले बताउनुभयो । सुरुवाती चरणमा यो व्यवसायबाट महिला, पुरुष गरी पाँच जनालाई रोजगारी प्रदान गरिएको उहाँको भनाइ छ ।

Advertisement

oppo_34

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च