मन्थलीमा स्पेसल प्याकेज सहितको तीज विशेष कार्यक्रमः १ हजार र ५ हजारको टिकेट

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा स्पेसल प्याकेज सहितको तीज विशेष कार्यक्रम हुने भएको छ । मन्थली पार्क इन प्राइभेट लिमिटेडले नेपाली हिन्दु नारीहरूको महत्त्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा भदौ १४ गते तीज विशेष साङ्गीतिक तथा दर खाने कार्यक्रम गर्ने भएको हो ।

नेपाली हिन्दु नारीहरूले मनाउने महत्त्वपूर्ण पर्व हरितालिका तीजका अवसरमा भदौ १४ गते शुक्रवार मन्थली पार्क इन प्राइभेट लिमिटेड( तीनलाल पार्क) मा कार्यक्रम राखिएको मन्थली पार्क इन प्राइभेट लिमिटेडका सञ्चालक रेन्जोङ योन्जनले बताउनुभयो ।

Advertisement

सो दिन अपराह्न ४ बजेदेखि राति १० बजेसम्म साङ्गीतिक तथा दर खाने कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त गायक बालचन्द्र बराल, गायिका निकिता गुरुङ, गायक तथा मोडल शरद एल.जी र मोडल तथा डान्सर बिपना सुनुवार लगायत स्थानीय स्तरका कालाकारहरूको समेत प्रस्तुति रहने आयोजक गुरुङले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रममा सहभागीहरूका लागि स्पेसल प्याकेज सहितका एक जना र तीन जनाको समूहका लागि दुई वटा फरक फरक प्याकेजको टिकेटको व्यवस्था गरिएको छ ।
एक जना मात्रै सहभागी हुनेका लागि १ हजार रुपैयाँ र तीन जनासम्मको समूहमा सहभागी हुनेका लागि ५ हजार रुपैयाँको टिकेटको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “ मन्थलीमा मनोरञ्जनको एउटा विशेष कार्यक्रमका रूपमा तीज विशेष साङ्गीतिक तथा दर खाने कार्यक्रम गर्दै छौँ । यस्ता कार्यक्रम मन्थलीमा खासै हुने गरेको छैन । यो कार्यक्रमलाई हेरेर कम्तीमा महिनामा एक पटक यस्ता मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम गर्ने मन्थली पार्क इन प्राइभेट लिमिटेड योजना छ ।”

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च