अवैध रुपमा अमेरिका जान लागेका १७६ नेपाली ब्राजिलमा अलपत्र

काठमाडौं । अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् ।
ब्राजिलस्थित नेपाली दूतावासले पनि १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता पु¥याउने दूतावासले जनाएको छ ।
मानव तस्करहरुको समूहले अवैध रुपमा अमेरिका प्रवेश गराउने भन्दै ब्राजिल लगायतका दक्षिण अमेरिकी देशहरु पु¥याउने गरेका छन ।
पछिल्लो समय ब्राजिलले नेपाल लगायतका केही देशका राहदानी बाहकलाई प्रवेशाज्ञा लिएको भए मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ ।
अब नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, त्यसरी नगएमा विमानस्थलबाट फर्काउनेछ । ‘विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइसकेको छ’, नेपाली दूतावासले भनेको छ ।
साथै दूतावासले जायज कारण भए पुष्टि हुने कागजात र प्रवेशाज्ञा पदएर मात्र ब्राजिल आउन वा ब्राजिल भएर अरु अरु देशको भ्रमणमा जान अनुरोध समेत गरेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च