दोरम्बा शैलुङ गाउँपालिका पहिरो अपडेट

दोरम्बा शैलुङ गाउँपालिका पहिरोः बेपत्ता एक महिलाको पैताला भेटियो

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोरकपुर स्थित लेक खर्क पहिरोमा बेपत्ता मध्ये एक महिलाको बायाँ खुट्टाको पैताला भेटिएको छ ।

गत शनिवार राति लेक खर्क पहिरोमा बेपत्ता रहेका तीन जना मध्ये एक महिलाको बायाँ खुट्टाको गोली गाँठा मुनिको पैताला जिल्लाको सुनापति गाउँपालिका–४ खानि खोलो किनारमा मङ्गलवार भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

Advertisement

रातो नङ पालिस लगाएको महिलाको जस्तो देखिने बायाँ खुट्टाको गोली गाँठा मुनिको पैतालाको भाग फेला परेको र सो पैताला पहिरोमा बेपत्ता रहेकी २३ वर्षकी बिन्दा पहरीको भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले बताउनुभयो ।

बिन्दाकी श्रीमा कुमार पहरीले खुट्टाको बुढी औला बाङ्गो र रातो नङ पालिसको आधारमा बेपत्ता बिन्दा पहरी नै हो भनी सनाखत गरी उक्त फेला परेको पैताला आवश्यक कानुनी प्रक्रिया पुरा गरी मङ्गलवार साँझ श्रीमान् कुमारलाई जिम्मा लगाएको उहाँले बताउनुभयो । यो सँगै लेक खर्क स्थित पहिरी गाउँ पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ८ जना पुगेको छ ।

Advertisement

गत शनिवार रातिको अविरल वर्षापछि दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेक खर्कको पहरी बस्ती बगाउँदा ११ जना पहिरोमा पुरिएका थिए । जसमध्ये आइतबार बिहान एक जनाको जीवितै उद्धार गरिएको थियो भने ६ जनाको शव निकालिएको थियो । सो दिन ३२ वर्षकी चण्डिका थापा मगर र उहाँका १८ महिनाका छोरा आयुष श्रेष्ठ , ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र ११ वर्षका विज्ञान पहरीको शव निकालिएको थियो । सोमबार दिउँसो ७५ बर्सिया पुड्की पहरीको शव भेटिएको थियो । अझै ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र पैताला भेटिएकी २३ वर्षकी बिन्दा पहरीको शरीरको अन्य भागको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च