अनेरास्ववियु मन्थली र खाँडादेवीबिच मैत्रीपूर्ण भलिबलः महिला र पुरुष दुवै तर्फ मन्थली विजयी

रामेछाप । अनेरास्ववियु मन्थली नगर कमिटी र खाँडादेवी गाउँपालिका कमिटीबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अनेरास्ववियु मन्थली नगर कमिटी र खाँडादेवी गाउँपालिका कमिटीको संयुक्त आयोजनामा महिला तथा पुरुष मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको हो ।
सदरमुकाम मन्थली स्थित जिल्ला समन्वय समितिको खेल मैदानमा बुधबार भएको प्रतियोगितामा महिला र पुरुष दुवै तर्फ अनेरास्ववियु मन्थली नगर कमिटी विजयी भएको छ ।
अनेरास्ववियु बागमती प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला सह इन्चार्ज आङलामु शेर्पा, एमाले रामेछापका सचिव प्रकाश कुमार कार्की, अनेरास्ववियु रामेछाप जिल्ला अध्यक्ष पुष्कर भट्टराई, उपाध्यक्ष एवं मन्थली नगर इन्चार्ज गोपाल थोकर, एमाले रामेछाप जिल्ला कमिटी सदस्यहरू शान्ता सुवेदी, मनोज कार्की, मन्थली नगर कमिटीका उपाध्यक्ष कुशहरि बुढाथोकी, सचिव गणेश कार्की, नेकोस मन्थली नगर अध्यक्ष रमेश चापागाईँ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा विजयी टिम तथा सहभागी खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको अनेरास्ववियु मन्थली नगर कमिटीका अध्यक्ष उत्सव केसीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी मन्थली नगर कमिटीका १६ जना खेलाडीलाई मन्थली नगरपालिका १ नम्बर वडा कमिटीका अध्यक्ष तीर्थ सुवेदी र खाँडादेवी गाउँपालिका कमिटीका १६ जना खेलाडीहरूका लागि रामेछाप–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष रवीन्द्र भण्डारीले जर्सी सहयोग गर्नुभएको थियो । प्रतियोगिता अनेरास्ववियु खाँडादेवी गाउँपालिका कमिटीका अध्यक्ष दीपेन्द्र खड्काको अध्यक्षतामा भएको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च