विश्व घटनालाई नेपालसँग जोडेर मुलुकको संवेदनशील अवस्थाप्रति गैरजिम्मेवार अभिव्यक्ति नदिन एमालेको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन विभिन्न राजनीतिक दलकोे ध्यानाकर्षण गराएको छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले संसदका कतिपय दलहरु खासगरि सत्ताबाट बाहिरिएसंगै विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर आएका आवेगपूर्ण टिप्पणीहरु र प्रतिक्रियाहरुप्रति आपत्ति जनाउदै मुलुकको संवेदनशील अवस्थाप्रति गैरजिम्मेवार अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

Advertisement

उनले पछिल्लो समय समाजमा अराजकताको प्रवृति देखा पर्न थालेको अवस्थामा सबै दल मिलेर यसको समाधान खोज्नुपर्नेमा बैठकको जोड रहेको बताए । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमाले–कांग्रेस सरकारको संक्षिप्त समिक्षा गर्दे सरकारको प्रारम्भीक कामप्रति सन्तुष्ट व्यक्त गरेको ज्ञवालीले बताए ।

त्यस्तै, बैठकले पार्टीको नयाँ बार्षिक कार्ययोजनाको मस्यौदा तयारमा सामान्य छलफल गर्दै आगामी पोलिटब्यूरो बैठकबाट अन्तिम रुप दिने निर्णय भएको उनले जानकारी दिए । नयाँ बार्षिक कार्ययोजनामा सदस्यता विस्तार, अभिलेखीकरण, नविकरण प्रभावकारी बनाउने लगाएतका बिषयमा समेटिएको ज्ञवालीले बताए ।

Advertisement

बैठकले यही भदौ २६ गते स्वर्गीय सुवास नेम्वाङको प्रथम स्मृतिसभा आयोजना गर्ने निर्णय गरेको छ भने प्राकृतिक विपतिमा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै बिपद् व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च