रामेछापमा चोरीका घटनाः दुई हप्तामा ११ जना पक्राउ

रामेछाप । रामेछापमा दुई हप्ताको अवधिमा विभिन्न चोरीका घटनामा संलग्न झन्डै दुई दर्जन मानिस पक्राउ परेका छन् । ती व्यक्तिहरूलाई सदरमुकाम मन्थली लगायत जिल्लाका विभिन्न ठाउँमा चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

यसरी पक्राउ परेका व्यक्तिहरूमध्ये कतिलाई चोरीका समान सहित र कतिलाई संलग्न भएको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएको छ । यो अवधिमा जिल्लाका विभिन्न स्थानमा घर फोरेर भाँडाकुँडा, गरगहना, नगद चोर्ने, खोरमा बाधेको खसी चोर्ने, विद्युत् चार्जिङ स्टेसनबाट सामाग्री चोर्ने देखि कानमा लगाएको सुन समेत चोरीका घटना भएका छन् ।

Advertisement

यस बाहेक गत साउन महिनाको पहिलो हप्ता सदरमुकाम मन्थलीबाट पार्किङमा राखिएको मोटरसाइकल समेत चोरी भएको थियो । त्यसको केही दिनपछि मन्थलीका विभिन्न स्थानमा पार्किङ गरी राखिएको मोटरसाइकलको नट बोल्ट समेत चोरीका घटना भए ।
हराएको मोटरसाइकल अहिलेसम्म फेला परेको छैन । नट बोल्ट चारीमा प्रहरीकै संलग्नता भएको पाइएपछि विभागीय कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीले भदौ महिनाको हालसम्म मात्रै सदरमुकाम मन्थली लगायत विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न ११ जनालाई पक्राउ गरेको छ । यो अवधिमा घर फोरेर भाँडाकुँडा, नगद, मोबाइल, गरगहना चोरीका घटनामा संलग्न तथा खसी चोर्ने र चोरी गरेको सामाग्री खरिद गर्ने सहित ९ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरू सदरमुकाम मन्थली लगायत मन्थली नगरपालिकाको विभिन्न वडामा चोरीका घटनामा संलग्नहरू हुन् । डिएसपी सिंहका अनुसार यसरी पक्राउ पर्नेमा भारतीय नागरिक समेत छन् ।

यसरी पक्राउन पर्ने ९ जनामा सर्लाही जिल्लाको ब्रम्हापुरी नगरपालिका–६ की ४० बर्सिया कुसुम कुमारी, सोही ठाउँकी वर्ष १९ की सुनिता कुमारी र भारतको विहार दोस्तिया थान–७ घर भएका ३२ वर्षीय तपेश्वर महतो छन् ।
त्यसै गरी सिन्धुली जिल्ला फिक्कल गाउँपालिका–२ घर भएका २७ वर्षका गोपीलाल सुनुवार, सर्लाही जिल्लाको ब्रम्हापुरी नगरपालिका–६ की ४० बर्सिया कुसुम कुमारी, सोही ठाउँकी वर्ष १९ की सुनिता कुमारी र भारतको विहार दोस्तिया थान–७ घर भएका ३२ वर्षीय तपेश्वर महतो पक्राउ परेका छन् ।
सदरमुकाम मन्थलीमै फ्रिजको कम्प्रेसर चोरी गरेको आरोपमा मन्थली नगरपालिका–.१ बस्ने ३९ वर्षका हरिबहादुर खड्का र मन्थली नगरपालिका–२ स्थित नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेसनबाट निर्माण सामाग्री चोरी गरी लैजाँदै गरेको अवस्थामा धनुषा जिल्ला मिथिला नगरपालिका–४ घर भएका वर्ष ३० का धनराज बमजनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो ।
मन्थलीका तीन स्थानमा पिकेट थपियो
चोरीका घटना बढेपछि रामेछापमा प्रहरीले निगरानी बढाएको छ । पछिल्लो समय जिल्ला सदरमुकाम मन्थली लगायतका क्षेत्रमा चोरीका घटना बढेकाले सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले बताउनुभयो । चोरीका घटना नियन्त्रणका लागि मन्थली बजार क्षेत्रका तीन ठाउँ पिकेट थप गरेको प्रमुख सिंहले बताउनुभयो । डिएसपी सिंहले मन्थलीको मदन आश्रित चोक, बसपार्क र जिल्ला प्रहरी कार्यालय नजिकै प्रहरी पिकेट थप गरेको बताउनुभयो । त्यस्तै प्रहरीले रामेछापमा चेक जाँचमा कडाइ गरेको पनि उहाँले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च