रामेछाप । रामेछापको मन्थलीमा दुई जनालाई फलामको हाते ह्याम्बरले टाउकोमा हानेर घाइते बनाउने एक जना पक्राउ परेका छन् ।
शुक्रवार राति मन्थली नगरपालिका–१ स्थित २४ वर्षका रोशन नेपाली र रामेछाप नगरपालिका–८ का वर्ष २९ को ओमकार सार्कीलाई फलामको हाते ह्याम्बरले टाउकोमा हानेर घाइते बनाउने सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–४ घर भई हाल मन्थली नगरपालिका– १ बस्ने वर्ष ४६ का सोमबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
शुक्रवार राति १०ः१५ बजेको समयमा मन्थली नगरपालिका–१ स्थित वर्ष २२ की सङ्गीता नेपाली र पक्राउ परेका माझीबिच विवाद भएको थियो । विवादकै क्रममा सङ्गीता नेपालीको श्रीमान् रोशन नेपाली र रामेछाप नगरपालिका–८ का ओमकार सार्कीले सम्झाई बुझाई गरेका थिए ।
सोही क्रममा माझीले रोशन नेपाली र ओमकार सार्कीलाई फलामको हाते ह्याम्बरले टाउकोमा हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घाइतेहरूलाई उपचारको लागी अस्पताल पठाइको र सोम बहादुर माझीलाई नियन्त्रणमा लिई रामेछाप जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया