लेखर्क पहिरो पीडितको बध्यता एउटै घरमा ६८ जनाको बसोबास

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क पहिरो पीडित अहिले विभिन्न व्यक्तिहरूको घरमा सरण लिएर बसिरहेका छन् । साउन ८ गते राति अविरल वर्षा पछि आएको पहिरोले दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर लेखर्कका सबै परिवार विस्थापित भएका छन्।

पहिरोमा पुरिएका ७ जनाको शव निकालिएको छ भने एक जनाको खुट्टाको पैतालाको भाग मात्रै भेटिएको छ । दुई जना अझै बेपत्ता नै छन् । ६३ घर रहेको यो बस्तीका ५ घर पहिरोले बगाएको छ भने अन्य ५८ वटा घर ठाँडै छन् ।

Advertisement

तर ठाँडै रहेका घरहरू पनि पहिरोको उच्च जोखिममा परेपछि साउन ९ गतेबाट सिङ्गो लेखर्कबासी विस्थापित भएका छन् । यसरी विस्थापित परिवारहरू अहिले गाउँपालिको केन्द्र टोकरपुरमा छन् । पहिरो पीडित परिवारहरू केही दिन विद्यालय तथा गाउँपालिकाकै खाली कोठाहरूमा बसे । अहिले गाउँपालिकाले टोकरपुर स्थित खाली रहेका स्थानीयका घरहरूमा पीडितहरूलाई अस्थायी रूपमा बसोबासको व्यवस्था गरेको छ । पहिरो पीडित परिवारहरू एउटै घरमा कोचिएर भए पनि बसिरहेका छन् ।

अहिले गाउँपालिका नजिकै खाली रहेका स्थानीयको घरमा गाउँपालिकाले बसोबासको व्यवस्था गरेको पीडित सन्तबहादुर पहरीले बताउनुभयो । गाउँपालिकाले खाद्यान्न, ओढ्ने, ओछ्याउने कपडा, खानेपानी लगायतका कुराहरुको राम्रो व्यवस्था गरेको भए पनि एउटै घरमा धेरै मान्छे कोचिएर बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । अहिले आफुहरु एउटै घरमा ६८ जनासम्म बसिरहेको उहाँको भनाइ छ ।
५० वटा अस्थायी टहरा बनाउँदै गाउँपालिका
पहिरो पीडितका लागि गाउँपालिकाले आफ्नै जग्गामा ५० वटा अस्थायी टहरा निर्माणको काम सुरु गरेको छ । गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले वडा नं ३ स्थित छहरा बारी भन्ने ठाउँमा रहेको खेलकुद मैदानमा ५० वटा अस्थायी टहरा बनाउने निर्णय गरेको गाउँपालिकाका श्रम संयोजक एवं सूचना अधिकारी भोला पाठकले बताउनुभयो ।

Advertisement

टहरा कत्रो बनाउने भन्ने बारेमा परिवार सङ्ख्या र आवश्यकताका आधारमा निर्माण गर्ने कुरा भएको उहाँले बताउनुभयो । अस्थायी टहरा निर्माणका लागि दोरम्बा शैलुङ गाउँपालिका–३ टोरकपुरका वडा अध्यक्ष सन्तलाल थापा मगरको संयोजकत्वमा प्राविधिक सहितको अस्थायी टहरा निर्माण समिति बनाइएको र उक्त समितिले काम समेत सुरु गरिसकेको उहाँले बताउनुभयो । टहरा निर्माणका लागि आवश्यक काठ तथा जस्ता पाता व्यवस्थापन लगायतका काम सुरु भइसकेको उहाँको भनाइ छ ।
साउन ८ गते रातिको अविरल वर्षापछि दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेक खर्कको पहरी बस्ती बगाउँदा ११ जना पहिरोमा पुरिएका थिए । जसमध्ये एक जनाको जीवितै उद्धार गरिएको थियो । पहिरोमा पुरिएका ३२ वर्षकी चण्डिका श्रेष्ठ र उहाँका १८ महिनाका छोरा आयुश श्रेष्ठ , ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी, ११ वर्षका विज्ञान पहरी, ७५ बर्सिया पुड्की पहरीको शव निकालिएको छ । ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र पैताला मात्रै फेला परेको २१ वर्षकी बिन्दा पहरीको शरीरको अन्य भाग बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च