ब्लग

स्याङ्गजामा पनि के एबोकाडोको ब्यबसायिक खेति‌ सम्भव छ त?

मेरो नाम शिब तिवारी,मेरो घर स्याङ्गजाको पुतलिबजार नगरपालिका वडा नं १३ सातुपसाल भन्ने ठाउंमा पर्दछ,हाल पेसाले‌‌ म एक शिक्षक रुपमा कार्यरत छु।पेशा शिक्षक भएपनि मलाई सानोमा कृषिमा भने खुब रुचि लाग्दथ्यो।माध्यमिक तहको पढाई सकेपछि अध्ययनको क्रममा स्नातक तह पढ्नको लागि भक्तपुरमा गएं।तर बिडम्बना कोरोनाले क्याम्पस बन्द भए पश्चात म गाउंमा फर्किएं।
लामो समय लकडाउन नखुले पछि मलाई बांझो बारिमा केहि लगाउने ईच्छा लाग्यो,मैले खाडल धेरै मिहेनतले तयार गरें तर शुन्तला लगाउं भने‌ बिगतमा सुन्तलाको राम्रो उत्पादन थिएन,सम्भाबित फल फुलको खोजि गर्दा मेरो घरमा बुबाले दुई बोट एबोकाडो लिएर आउनु भएको थियो,बुवाले बेर्ना ल्यायपनि त्यसको महत्व भने खासै थाहा थिएन मैले तिनै बिरुवा १ बर्ष अगाडि दुई बोट सारि सकेको थिंए।
मलाई एबोकाडो लगाउने रहर जाग्यो मैले जिबनमा खाएको र कतै फलेको भने देखेको थिईन,मैले सुन्तला भन्दा एबोकाडो लगाउने निर्णय गरें।म बेरोजगार नै थिंए मसंग बिरुवा लगाउने पैसा भने थिएन।अत्यन्तै रुचि देखाएपछि मेरो स्वर्गिय हजुरबुवाले मलाई ३५०० रुपैयां दिनु भयो र मैले १५-१६ बोट लगांए।माटो बिरुवा लगाउन लाएक उर्वर भने थिएन,४ बर्ष पश्चात मैले सुरुमा लगाएको बिरुवा फुल खेल्न लागे,मनमा उत्साह जाग्यो।
गाउंले हरु यो बेकारको दु:ख यो हाम्रो ठाउंमा फल्दैन हुंदैन भन्थे‌।मैले यसको बारेमा राम्रो अध्ययन र अनुसन्धान भने गरेको थिंए,यो स्वास्थयको हिसाबले सबै भन्दा राम्रो फल हो भनेर।तर यो मानिसलाई पच्दो रैनछ गुलियो र अमिलो भने पछि नेपालिलाई अरु के चाहियो।
४ बर्षमा एबोकाडोले दाना लाग्यो,मैले घांउ घरमा यसको स्वाद चखाउनको लागि बांडे।
तर मानिसले यसको स्वाद धेरैले मन पराएनन्।
उत्पादन हुंदैन भन्ने एउटा चुनौति थियो ,तर उत्पादन भयो अब मानिसले बजारमा यो बिक्दैन ,यसको बजार छैन भन्न लागे।म मानिसको कुरामा भन्दापनि म बजारको खोजिमा लागें।तर बजारमा बिचौलियाको बिगबिगि उनिहरुले बिक्रि गर्उा बजार भाउ ३५० देखि ५०० सम्म राख्ने भएपनि खरिद गर्दा भने १५९ देखि २०० सम्म मात्र दिने रहेछन्।मैले बजार बुझ्नको लागि पोखराको मन्डिमा ४० केजि एबोकाडा लगें सस्तोमा किन्नेको होडबाजि थियो।मैले ४० केजि एबोकाडा बिक्रि पनि बिना झन्झट गर्न सफल भएं।यो त मेरो एउटा परिक्षण थियो।स्वास्थयको हिसाबले सर्बोत्तम यो फल स्याङ्गजा जिल्लाको जुन सुकै स्थानमा पनि सम्भव छ है भनेर एउटा उदाहरण दिन खोजेको मात्र हुं।अनि तपाईलाई जिज्ञासा लाग्न सक्छ यसको फाइदा के त!?मैले अध्ययन गरे अनुसार तपाईले १ केजि मासु खानु र १ ओटा एबोकाडो खानुमा केहि फरक छैन ,भर पुर मात्रामा प्रोटिन पाईन्छ।स्वस्थय मानिसलाई चाहिने सबै जसो तत्वहरु यसमा पाईन्छ,अझ भन्दा मुटु रोगिलाई त यो एक प्रकारको औषधिनै मान्ने गरिन्छ।यो एउटा सुगर फ्रि फल समेत हो,सुगरको बिरामिले पनि बिना त्रास यसको सेवन गर्न सकिन्छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च