देशको छाती च्यातेर, आँसुको नदी बगाइरहेछ,
धोका दिए आफ्नैले, आशाको दियो निभाइरहेछ।
नेताको लोभले, जनताको आँसुको व्यापार भयो,
रगतको मूल्यमा, स्वाभिमानको सौदा गराइरहेछ।
Advertisement
स्वतन्त्रताको सपना, घाउ बनेर रिसाइरहेछ,
आफ्नै अधिकारमा, पाइलैपिच्छे काँडा बिछ्याइरहेछ।
माटोको सुगन्धमा, पीडाको धुलो मिसाइदिए,
आत्मा चिच्याउँछ, तर आवाज घाँटीमै थिचाइरहेछ।
Advertisement
धर्मको नाममा, विखण्डनको बीउ रोपेर,
सम्प्रदायको आगोले, शान्तिको घर जलाइरहेछ।
भोकले काठको टुक्रा चपाउन, पेट भर्ने दिन आयो,
जीवनको पाइलामा, निराशा मात्रै जोडिरहेछ।
Advertisement
देशको माटोमा, आशुको बीउ छरिँदैछ,
बाँच्ने अधिकारमै, जीवनका पङ्खा उडाइरहेछ।
नेताहरूले सुन सुनको महल ठड्याए,
तर जनताको पसिनालाई, रगतसँगै बहाइरहेछ।
आँसु र पिडामा, देशको माटो भिजेको छ,
तर तिनै पाखण्डीहरू, हाँसोमा रमाइरहेछ।
प्रतिक्रिया