काठमाडौं । बचतकर्ताको १२ करोड रकम घोटाला गरेको आरोपमा रामेछाप घर भएका सहकारीका कोषाध्यक्ष र व्यवस्थापकसहित १२ जनाविरुद्ध मुद्धा दायर भएको छ ।
काठमाडौँ महानगरपालिका–३ सामाखुसीमा रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष रामेछाप नगरपालिका–८ का ३७ वर्षीय महेश श्रेष्ठ र सोही स्थान घर भई सहकारीको चाबहिल शाखामा व्यवस्थापकको जिम्मेवारीमा रहेका ३७ वर्षीय ध्रुवराज कार्की, सचिव मोरङका ३२ वर्षीय गोविन्द पुरी सहित १२ जनाविरुद्ध मुद्धा दायर भएको हो ।
Advertisement
उनीहरुलाई साउन २२ गते नै पक्राउ गरि अनुसन्धान गर्दा रकम अपचलन गरेको पाईएपछि आज काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगीको कसुरमा मुद्धा दर्ता गरिएको हो ।
पक्राउ परेका तीन र फरार रहेका अध्यक्ष सविन उप्रेती सहित ९ जनालाई प्रतिवादी बनाएर मुद्धा दायर भएको छ । उनीहरुविरुद्ध सहकारी ऐन २०७४ को दफा १२२ को कसुरमा मुद्धा चलाईएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । ऐनमा प्रतिवादीहरुलाई ठगीको विगो भराउनेदेखि जरिवाना तथा १० करोड देखि १ अर्वसम्मको ठगीमा ६ वर्षदेखि ८ वर्षसम्म कैद हुने व्यवस्था छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को अनुसन्धानका क्रममा काठमाडौँ महानगरपालिका–३ सामाखुसीमा रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा आफन्त भर्ति गरेर १२ करोड २ लाख ३४० रुपैयाँ अपचलन गरेको पाईएको छ ।
Advertisement
अनुसन्धानका क्रममा सहकारीको उपाध्यक्ष बनाएर सञ्चालक समितिमा राखिएकी देवकी कार्की, सुस्मा श्रेष्ठ, विष्णुकमार गिरी, लेखा समितिका रामसिंह साउद, कमल श्रेष्ठ, लोकेन्द्र बडु थापा समितिमा संख्या पु¥याउन आफन्त भर्ती गरेको खुलेको छ । सहकारीको उपाध्यक्ष बनाईएकी देवकी संस्थाको चाबहिल शाखाका प्रमुख ध्रुवराज कार्कीको श्रीमती हुन् भने कमल र सुस्मा व्यवस्थापक सुर्य श्रेष्ठको दाई दिदी तथा विष्णुकुमार र लोकेन्द्र सचिव गोविन्दको दाई र साथी रहेको खुलेको हो ।
प्रतिक्रिया