काठमाडौं, आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। आज कानुन, न्याय तथा मानव अधिकार, राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति (सयुक्त) र संसदीय सुनुवाइ समिति (संयुक्त) समितिको बैठक बस्न लागेको हो ।
अहिले बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै, बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनाका सन्दर्भमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरू तथा नेपाल सरकारका मुख्यसचिवसँग छलफल हुने कार्यसूची रहेको छ ।
आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया