मन्थलीमा सञ्चालित निलकण्ठेश्वर आयललाई २ लाख ५० हजार जरिवाना, शुभ समृद्धि आयलमा शील

 । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्दछ । तर रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित पेट्रोल पम्पहरूले स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य घट्दा इन्धनमा कृत्रिम अभाव देखाएर बिक्री नै बन्द गर्छन् ।

प्राय यहाँका पेट्रोल पम्पहरूले इन्धनको मूल्य घटेको राति र भोलिपल्ट पेट्रोलको अभाव देखाएर बिक्री नै बन्द गर्ने गरेका छन् ।
जसका कारण उपभोक्ता निकै मारमा पर्ने गरेका छन् । यसबारेमा उपभोक्ताहरूले जिल्ला प्रशासन लगायतका निकायमा गुनासो गरेपछि केही समय अघि जिल्लामा सञ्चालित इन्धन व्यवसायीबिच छलफल भई यस्तो कार्य नगर्ने सहमति समेत भएको थियो ।

Advertisement

पछिल्लो समय नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली अनुसार भदौ १५ गते शनिवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटायो ।
त्यसपछि उद्योग तथा वाणिज्य कार्यालय मन्थली, रामेछापले आइतबार सदरमुकाम मन्थलीमा सञ्चालित पेट्रोल पम्पहरूले स्वचालित मूल्य प्रणाली अनुसार कार्य गरे नगरेको बारे अनुगमन गरेको थियो । अनुगमनका क्रममा यहाँ सञ्चालित एउटा बाहेकका अन्य पेट्रोल पम्पहरूले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गरेको नपाइएकाले कारबाही गरिएको उद्योग तथा वाणिज्य कार्यालय रामेछापले जनाएको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार मूल्य घटेपछि कृत्रिम अभाव देखाएर बिक्री नै बन्द गर्ने मन्थली–१ बसपार्कमा सञ्चालित निलकण्ठेश्वर आयल स्टोर्सलाई २ लाख ५० हजार जरिवाना गरी ७ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजात सहित उपस्थित हुन निर्देशन दिएको उद्योग तथा वाणिज्य कार्यालय मन्थली, रामेछापका प्रमुख सुबोध कुमार साहले बताउनुभयो ।
उहाँले भन्नुभयो “स्थलगत निरीक्षणका क्रममा निलकण्ठेश्वर आयल स्टोर्सले इन्धनको न्यूनतम मौज्दात नराखेको, पेट्रोल र डिजेलको डिस्पेन्सर बन्द अवस्थामा रहेको पाइयो । उक्त कार्य प्रदेश व्यापार तथा व्यवसाय ऐन, २०७६ को दफा ६० को खण्ड (ज) बमोजिमको कसुर हुन्छ । सोही ऐनको दफा ६१ को उपदफा (१) को खण्ड (घ) बमोजिम न्यूनतम २ लाख पचास हजार रुपैयाँ जरिवाना गरिएको छ । ७ दिन भित्र जिल्ला प्रशासन कार्यालय, रामेछापमा आवश्यक कागजात सहित उपस्थित हुन निर्देशन पनि गरिएको छ ।”

Advertisement

यस्तै मन्थली नगरपालिका–१ भैशेश्वरमा सञ्चालित श्री शुभ समृद्धि आयल स्टोर्स प्रा. लिले बिक्री पनि नै बन्द गरी सञ्चालक घरायसी कारणले जिल्ला बाहिर रहेको, सबै डिस्पेन्सर बन्द अवस्थामा रहेको, पम्पमा कामदारहरू मात्र रहेको भेटिएपछि चार वटै पम्पहरुमा सिलबन्दी गरिएको उहाँले बताउनुभयो । यो पम्पका सञ्चालकलाई पनि ७ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजात सहित उपस्थित हुन निर्देशन दिइएको कार्यालय प्रमुख साहले बताउनुभयो ।

मन्थली–१ भैशेश्वर मै सञ्चालित लक्ष्मी आयल स्टोर्समा भने डिजेल ५ हजार ८०२ लिटर र पेट्रोल १ हजार १४५ लिटर मौज्दात रहेको र वितरण प्रक्रिया निरन्तर भइरहेको पाइएको उद्योग तथा वाणिज्य कार्यालय मन्थलीका प्रमुख साहले बताउनुभयो । नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएको सूचना बारे जानकारी पाएर पेट्रोल पम्पले इन्धनमा कृत्रिम अभाव देखाएर उपभोक्ता ठग्ने काम भइरहेको उपभोक्ताहरूको गुनासो छ । व्यवसायीले लोभ नगरी इन्धन घटेको बेला घटाउने र बढेको बेला बढाउने गर्नु पर्छ ।

Advertisement

तर सम्बन्धित निकायबाट अनुगमन हुँदा पेट्रोल पम्पहरूमा इन्धनको न्यूनतम मौज्दात नहुनु, पेट्रोल र डिजेलको डिस्पेन्सर समेत बन्द अवस्था रहनुले स्वचालित अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य घटबढ हुने बारेको गोप्य सूचना वयवासीले पहिले नै प्राप्त गर्ने गरेको प्रस्ट हुने  उपभोक्ताहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च