रामेछाप । रामेछापमा डेढ महिनाको अवधिमा ६ जनामा डेंगी संक्रमण भएको छ । साउनदेखि हालसम्मको डेढ महिनाको अवधिमा तीन वटा पालिकाको गरी ५ जना पुरुष र एक जना महिलामा डेंगी संक्रमण भएको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार साहले बताउनुभयो ।
उहाँका अनुसार यो अवधिमा रामेछाप नगरपालिकामा ३ जना, मन्थली नगरपालिकामा २ जना र खाँडादेवी गाउँपालिका एक जनामा डेंगी संक्रमण भएको छ । उहाँका डेंगी संक्रमण पुष्टि भएका सबै जना उपचार पश्चत निको भएर घर फर्किसकेको उहाँले बताउनुभयो ।
अहिले डेंगी संक्रमण भए नभएको परीक्षण गर्ने किट जनस्वास्थ्य कार्यालयले उपलब्ध गराइरहेको र सङ्कास्पद देखिएका बिरामीहरुलाई स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुले परीक्षण गरिरहेको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख साहले बताउनुभयो ।
Advertisement
उहाँका अनुसार ८ वटा पालिका रहेको रामेछापका सुनापति, दोरम्बा शैलुङ, उमाकुण्ड, गोकुलगंगा र लिखुतामाकोशी गाउँपालिकामा डेंगी संक्रमण देखिएको छैन । तर पनि डेंगीको संक्रमणको जोखिमता कायमै रहेका सावधानी अपनाउन जनस्वास्थ्य कार्यालय रामेछापले आग्रह गरेको छ ।
डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जमेको पानी, फोहोरका कारण लामखुट्टे फैलिन्छ । त्यसैले घर वरिपरि पानी जम्ने खाल्डो छ भने पुर्न र घर वरपरको सरसफाइमा ध्यान दिन जनस्वास्थ्य कार्यालय रामेछापले आग्रह गरेको छ ।
बागमती प्रदेशमा १६ सय २३ जनामा डेंगी संक्रमण
पछिल्लो आठ महिनामा देशभर ६ हजार भन्दा बढिमा संक्रमण पुष्टी हुँदा बागमती र गण्डकी प्रदेश उच्च जोखिममा परेको हो । कुल संक्रमितमध्य दुई प्रदेशमा मात्रै २ हजार ९५४ जना संक्रमित भेटिएका छन् ।
Advertisement
जुन कुल संक्रमणको ४६.५ प्रतिशत हो । त्यसमध्य बागमती प्रदेशमा मात्रै १६ सय २३ जनामा डेंगी संक्रमण पुष्टी भएको छ । बागमती प्रदेशभित्र पनि काठमाडौँ र चितवानमा संक्रमितको संख्या बढि रहेको छ । जसअनुसार चितवनमा ५१७ र काठमाडौँमा ५११ जनामा डेंगी संक्रमण देखिएको छ । पानीको ट्याङकी, दहीको कतारो, बाल्टिन, ड्रम आदीमा बिर्को लगाएर मात्रै राख्नुपर्छ ।
घर आँगन सफा राख्ने, पानी जम्ने खाल्डा पुर्ने, गमला, बरण्डा, छत आदीमा पनि पानी जम्न नदिने गर्दा लामखुट्टे फैलिन पाउँदैन । लामखुट्टेबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । यसको टोकाइबाट बच्ने मल्हमको प्रयोग गर्ने, झ्याल र ढोकामा जाली लगाउने र झुलभित्र सुत्ने गर्नाले लामखुट्टेबाट बच्न सकिन्छ ।
प्रतिक्रिया