काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरूले आन्दोलन गरेको आरोप लगाएका छन् । बुधबार काठमाडौँमा सहकारी पत्रकार समाजको १४ औँ स्थापना दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री अधिकारीले बढी ब्याज खान खोज्नेहरूले नै सहरकारी पीडितहरूको अगुवाइ गरेर आन्दोलन गरिरहेको उल्लेख गरे । उनले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए । उनले कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको दाबी गरे ।
मन्त्री अधिकारीले सरकारले सहकारीका समस्या समाधानको लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेको बताए । उनले सरकारले आन्दोलन सहकारी पीडितसँग भएको ८ बुँदे सहमतिमा सरकारले ७ वटा काम थालनी गरेको बताए । उनले सहकारीको समस्या समाधान गर्न पीडित बचतकर्ता र सहकारीको अगुवासँग छलफल सरकारले गरिरहेको बताए । उनले सहमति भएकामध्ये आयोग गठन गर्ने काम सरकारले गरेको भन्दै सरकारले आयोग गठन गर्दा अर्को गठन गर्न कानुनी रूपमा समस्या भएको बताए । उनले सरकारले गठन गरेको सहकारी समस्या समाधान गर्ने समितिमा आन्दोलनरतले छुट्टै प्रतिनिधि खोजेको भन्दै ३१ हजार सहकारीका प्रतिनिधि राख्न नसकिने बताए ।
मन्त्री अधिकारीले सहकारीमा अहिलेको समस्या आउनु भन्दा पहिला नै ७ वटाभन्दा बढी सहकारीहरुमा समस्या परेको भन्दै आफू मन्त्री भएर आएपछि जम्मा २ वटा सहकारी संस्था मात्रै समस्याग्रस्त घोषणा गरेको बताए । उनले सरकारले ऋण असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्रका विषयमा काम गरिरहेको बताए ।
बैंकबाट कम ब्याजमा पैसा लिएर सहकारीबाट बढी ब्याज खानेहरूले आन्दोलन गरको मन्त्रीको आरोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
2
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया