तिजमा रामेछापको थानापति लगायतका महादेव मन्दिरमा घुँइचो, मन्थलीमा छुट्टै रौनक

रामेछाप । हरितालिका तिज २०८१ मा रामेछाप जिल्ला भरका महादेव मन्दिरहरूमा व्रत बस्ने महिलाहरूको भीड लागेको छ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

आज बिहानैदेखि जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँ स्थित बाहुन चुरामा रहेको ऐतिहासिक थानापति महादेवको मन्दिर लगायत जिल्लाका विभिन्न स्थानका महादेव मन्दिरहरूमा तिर्थालु एवं व्रतालु महिलाहरूको भीड लागेको छ ।

Advertisement

वैरा महादेवका रूपमा पनि चिनिने थानापति महादेवलाई काठमाडौँको पशुपतिनाथ र हलेसी महादेवपछि नेपालको तेस्रो तथा पूर्वको दोस्रो पशुपतिनाथको रूपमा पुजिन्छ । यो रामेछाप जिल्लाकै प्रमुख पर्यटकीय एवं धार्मिक स्थल हो ।
थानापति महादेव मन्दिरमा प्रत्येक वर्षको हरितालिका तीज, ठुलो एकादशी र महाशिवरात्रि जस्ता पर्वहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गरेको मन्दिर विकास समितिका अध्यक्ष राजकुमार बोहराले बताउनुभयो ।

यो वर्षको तिजमा पनि विभिन्न जिल्लाका हजारौँ भक्तजनहरूले दर्शन गरेको उहाँले बताउनुभयो । अध्यक्ष बोहराका अनुसार थानापतिम महादेवको दर्शनका लागि सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखा, काठमाडौँ लगायतका जिल्लाबाट दर्शनार्थीहरु आउने गरेका छन् । तीन सय वर्षभन्दा पनि पुरानो वैरा तथा बुढा महादेवको नामले परिचित थानापति महादेवमा पूजा आराधना गरी ठुलो स्वरले वरदान माग्दा मागेको बर पाइने विश्वास रहेको अध्यक्ष बोहराले बताउनुभयो ।

Advertisement

मन्थली नगरपालिकाले मन्दिरको फेदीबाट मन्दिरसम्म जानको लागि आकर्षक सिँढी निर्माण गरेको छ । सोही सिँढी मार्फत पैदल पनि मन्दिर पुग्न सकिन्छ । त्यसै गरी सदरमुकाम मन्थलीबाट वडा नं ८ चिसापानी र मन्थली नगरपालिका–१० चनखु हुँदै जाने सडक मार्ग प्रयोग गरेर पनि थानापति महादेव मन्दिर पुग्न सकिन्छ । सडक सञ्जालका कारण विशेष पर्वहरूमा मात्रै नभई दैनिक रूपमा यो मन्दिर दर्शन गर्ने र घुम्नका लागि आउनेको सङ्ख्या आन्तरिक पर्यटकहरूको पनि सङ्ख्या बढ्दो मात्रामा रहेको मन्थली नगरपालिका–९ पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आरणले बताउनुभयो ।
यस्तै सदरमुकाम मन्थलीमा रहेका महादेव मन्दिरहरूमा पनि व्रत बस्ने महिलाहरूको भीड लागेको छ । मन्थली स्थित जिल्ला प्रहरी कार्यालय रामेछापको परिसरमा रहेको र कहरबोट नजिकै रहेको महादेव मन्दिरमा तिर्थालु एवं व्रतालु महिलाहरूको बिहानैदेखि भीड लागेको थियो । तिजका अवसरमा मन्थलीका विभिन्न स्थानमा तिजका गीतमा नाचगान गरी महिलाहरूले रमाइलो गरेका छन् । मन्थलीका अन्य ठाउँमा भन्दा देवकोटा चोकमा महिलाहरूको नाच गान कार्यक्रमको रौनक खास भएको स्थानीय शान्ता श्रेष्ठले बताउनुभयो ।
पुनर्निर्माणपछि नर्वदेश्वर महादेव मन्दिरमा भिड बढ्यो
पुरातत्त्व विभागले पुनर्निर्माण गरेपछि चिटिक्क बनेको खाँडादेवी गाउँपालिका–४ त्रिवेणी स्थित नर्वदेश्वर महादेवको मन्दिरमा पनि व्रत बस्ने महिलाहरूको भीड लागेको छ । सुनकोसी र तामाकोसी नदीको दोभान माथिको डाँडामा रहेको यो मन्दिरलाई निक्कै पुरानो र ऐतिहासिक मानिन्छ ।

सुरुमा तामाकोसी र सुनकोसीको दोभानमा रहेको शिव लिङ्गलाई नदीको बहावले क्षति पु¥याउन सक्ने भएपछि नदी माथिको डाँडामा मन्दिर स्थापना गरिएको बताइन्छ । सुनकोसी र तामाकोसीको सङ्गमस्थनमा नुहाउँदा विभिन्न रोग र पाप नाश हुने विश्वास गरिन्छ । त्यसैले यहाँ नुहाएर महादेवको दर्शन गर्न भक्तजनहरू जाने गर्दछन् । रामेछापको सदरमुकाम मन्थली नजिकैको ऐतिहासिक, धार्मिक तीर्थस्थल हो त्रिवेणी नर्वदेश्वर महादेव । त्यस्तै सिन्धुलीको खुर्कोटकै वारी भएकोले त्यस क्षेत्रको त सबैभन्दा नजिकको तीर्थस्थान हो । अहिले मन्दिर नजिकै मरिण डाइभर्सनको हेड बनिरहेको कारण यो मन्दिरको महत्त्व अझ बढेको स्थानीयहरू बताउँछन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च