आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ’बुलेट राइड’

रामेछाप । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रामेछापमा बुलेट मोटरसाइकल राइड गरिएको छ । शनिवार रोयल इनफिल्ड ग्रुप रामेछापको आयोजनामा सदरमुकाम मन्थलीदेखि रामेछाप नगरपालिकाको तारा खसे पोखरी हुँदै भालुखोप डाँडासम्म घुमौँ रामेछाप, चिनौँ रामेछाप नारा सहित बुलेट मोटरसाइकल राइड गरिएको हो ।

आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले सदरमुकाम मन्थलीबाट रामेछाप नगरपालिकाको तारा खसे पोखरी हुँदै भालुखोप डाँडासम्म मोटरसाइकल राइड गरिएको रोयल इनफिल्ड ग्रुप रामेछापका राजाबाबु श्रेष्ठले बताउनुभयो ।

Advertisement

बिहान ८ बजे मन्थलीबाट सुरु भएको बुलेट मोटरसाइकल राइडका क्रममा आन्तरिक पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ ड्रोन क्यामेरा मार्फत भिडियो सामाग्रीहरू निर्माण लागि भिडियोहरू खिचिएको छ । राइडमा नेपालको झन्डा राखिएका २० ओटा बुलेट मोटरसाइकलको सहभागिता रहेको आयोजकले जनाएको छ । मन्थली नगरपालिका र रामेछाप नगरपालिका–७ सँगको समन्वयमा बुलेट मोटरसाइकल राइड गरिएको हो ।

oppo_34
oppo_34
oppo_34

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च