काँग्रेस रामेछापभित्रको विवाद चुलिँदै, पार्टीको विपी जयन्ती कार्यक्रम विरुद्ध सचिवको विज्ञप्ति

रामेछाप । नेपाली काँग्रेस रामेछाप भित्रको विवाद थप चुलिँदै गएको छ । जिल्ला सभापति पूर्णबहादुर तामाङ(कान्छाराम) एकलौटी ढङ्गले चलेको भन्दै असन्तुष्टि, गुनासो तथा विरोधहरू यसअघि पनि पटक पटक सतहमै आउने गरेका थिए ।

पार्टी भित्रका यस्ता विवादका कुरा आउनु काँग्रेस रामेछापका नेता तथा कार्यकर्ताका लागि कुनै नौलो कुरा भने होइन । बेला बेलामा यस्ता विवादका कुराहरू आउँदै हराउँदै गरेका छन् ।
अहिले फेरी ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री समेत रहेका सभापति तामाङ पार्टी पदाधिकारीहरूको मर्यादामा समेत असर पर्ने कार्य गरी एकलौटी तवरबाट चलेको भन्दै पार्टी सचिव दीपक खड्का सभापतिको विरोधमा उत्रिएका छन् ।
आइतबार एक प्रेस विज्ञप्ति निकालेर सचिव खड्काले सभापति तामाङ विना सल्लाह एकलौटी ढङ्गबाट काम गर्ने र सचिवको अधिकार भित्रको कार्यमा हस्तक्षेप गरेको भन्दै पार्टीले तय गरेको कार्यक्रमको विरुद्धमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी दिएका छन् । सभापतिको उपस्थितिमा यही भदौ २४ गते १११ औँ वि.पी. जयन्ती कार्यक्रममा विद्रोहका नारा लगायत विभिन्न विरोधका कार्यक्रमहरू सञ्चालन गर्ने सचिव खड्काले चेतावनी दिएका छन् ।
तामाङले आफू सभापति हुने बित्तिकै पार्टीको सबै कार्य गर्ने आफैँ भएको महसुस गरी पार्टी विधान विपरीत तानासाही प्रवृत्तिका साथ अघि बढेको आरोप लगाउँदै उक्त प्रवृत्तिको तथा तानासाही कार्यको विरुद्धमा एकजुट भई लाग्न सम्पूर्ण काँग्रेस शुभचिन्तकहरूलाई आह्वान समेत गरेका छन् ।
तत्काल पार्टीको बैठक राखेर समस्या समाधानको विषयमा गम्भीर छलफल पश्चात् पार्टीलाई एक ढिक्कारुपमा अघि बढाउने प्रतिबद्धता पार्टी सभापतिले सार्वजनिक गर्नुपर्ने सचिव खड्काले विज्ञप्ति मार्फत माग गर्नुभएको छ । पार्टीलाई अराजक गतिविधि गर्ने व्यक्तिहरूबाट जोगाई पार्टीलाई विधानसम्मत अगाडि बढाएर पार्टी जोगाउने कार्यमा सहयोग गर्न काँग्रेस शुभचिन्तकहरूलाई उनले आग्रह गरेका छन् ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च