सुनको भाउ तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँ पुग्यो

काठमाण्डौ । सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ रहेको थियो । यसअघि गएको भदौ २१ गते अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च