रामेछाप डडुवाका पहिरो पीडितको बसोबास कष्टकर बन्दै

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका पहिरो पीडितको बसोबास कष्टकर पूर्ण बनेको छ । भदौ ८ गते राति वर्षासँगको पहिरोले दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको मझुवा, सल्लेटार, पात्ले, मङ्सिरे लगायतका क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । पहिरोको कारण सिङ्गो गाउँ नै चर्किएर छियाछिया बनेका छन् ।

पहिरोले गाउँमा बस्न जोखिम भएपछि अति सीमान्तकृत थामी समुदायका ४३ घर परिवार चिहान डाँडा तथा सडकमा त्रिपाल टाँगेर १८ दिनदेखि सामूहिक रूपमा बस्दै आएका छन् ।
त्रिपाल टाँगेर बसेको ठाउँ पनि सुरक्षित छैन । त्यसैले त्रिपालमा बस्दा पनि राति पानी प¥यो भने सबै जना उठेर जागा बस्छन् । कतिखेर माथिबाट पहिरो आएर थिच्ने वा बसेको ठाउँ नै पहिरिएर जाने हो भन्ने चिन्ता रहेको पीडित भीमबहादुर थामीले बताउनुभयो । त्रिपालमुनिको सामूहिक बसाइले महिला, बालबालिका र उमेर ढल्केका वृद्ध वृद्धालाई समस्या भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “चिसो त्रिपालमुनिको सामूहिक बसाइले महिला, बालबालिका र उमेर ढल्केका वृद्ध वृद्धालाई लाई समस्या भयो । त्रिपालमा बस्ने केही सुत्केरी, बालबालिका तथा बुढा बुढीहरू बिरामी समेत पर्न लागेका छन् ।” वडाका जनप्रतिनिधि तथा केही सामाजिक अगुवाहरूले पीडितलाई सहयोगका लागि हारगुहार गरिरहेका छन् । केही सहयोगीहरूले व्यक्तिगत रूपमा सहयोग पनि पठाइरहेका छन् । तर त्यो पीडितलाई पर्याप्त हुन सकेको छैन । 

Advertisement

पहिरो प्रभावित ४३ परिवारलाई गाउँपालिकाले केही थान टेन्ट, त्रिपाल सहित खाद्यान्न र ओढ्ने ओछ्याउने कपडा उपलब्ध गराए पनि पीडितका लागि पर्याप्त नरहेको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका वडा अध्यक्ष प्रेम कुमार लामाले बताउनुभयो । उहाँले भन्नुभयो“गाउँपालिकाले एक द्वार प्रणाली मार्फत राहत वितरण गर्ने भन्दै राहत सामाग्री र रकम सङ्कलन गरिरहेको छ । तर पीडितसम्म खासै पुग्न सकेको छैन । पालिकाको अगुवाहरू पनि जुट्नु भएको छ । अहिले पीडितलाई अस्थायी टहरा निर्माण गर्ने जस्ता पाताको खोजीमा हामी जुटेका छौँ ।”
१४ दिनपछि पुग्यो सहायक प्रजिअ नेतृत्वको टोली
पहिरो पीडित पाल टाँगेर बसेको १४ दिनपछि रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वको टोलीले दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका पहिरो पीडितको अवस्थाबारे स्थलगत निरीक्षण गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वको टोलीले गएको शनिवार स्थलगत निरीक्षण तथा अनुगमन गरी तथ्याङ्क सङ्कलन गरेको हो ।
पहिरो पीडितको अवस्था बारे स्थलगत निरीक्षण पश्चात् पीडितको तत्कालका लागि अस्थायी बसोबासका लागि जिल्ला विपद् व्यवस्थापन समितिले १२ वटा टेन्ट र २१ वटा त्रिपाल पठाएको छ । जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिका अनुसार दोरम्बा सैलुङ गाउँपालिकाको वडा नं १, २ र ३ मा विभिन्न बस्ती पहिरोको जोखिममा छन् । जोखिममा रहेको बस्तीको सम्बन्धमा विशेषज्ञसहितको अध्ययन टोली खटाई दीर्घकालीन व्यवस्थापनको सम्बन्धमा अध्ययन गर्न आवश्यक व्यवस्थापनका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च