दोरम्बा शैलुङ गाउँपालिकाले बल्ल प्रमुख प्रशासकीय अधिकृत पायो, सामान्य प्रशासनबाट समीर रेग्मी आउने

काठमाडौँ । सरकारले रिक्त रहेका १०० स्थानीय तहमा एकै पटक प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार नवनियुक्त शाखा अधिकृतलाई रिक्त रहेका १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको हो ।

यो सँगै लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले पनि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट समीर रेग्मीलाई दोरम्बा शैलुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको छ ।

Advertisement

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार १२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकोमा १०० पठाइएको हो । रिक्त रहेका २३ गाउँपालिकामा पनि जतिसक्दो चाडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सहसचिवको दरबन्दी रहेको ६ महानगरपालिकामा नै पदपूर्ति रहेको छ भने सहसचिवकै दरबन्दी रहेको ११ उपमहानगरपालिका मध्ये एउटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । यस्तै, २७६ नगरपालिकामा उपसचिवको दरबन्दी रहेकोमा १४६ नगरपालिकामा पदपूर्ति भइसकेको छ भने १३० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च