रामेछाप । नेपाल राष्ट्रिय दलित कल्याण सङ्घ जिल्ला शाखा रामेछापको अध्यक्षमा पुनः लेखबहादुर विक चयन हुनुभएको छ । शनिवार सदरमुकाम मन्थलीमा सम्पन्न भएको सङ्घको तेस्रो जिल्ला अधिवेशनले पुनः विकको नेतृत्वमा ११ सदस्यिय नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले सङ्घको उपाध्यक्षमा राजु मुग्राती, सचिवमा शर्मिला विसुन्के, कोषाध्यक्षमा गोपाल नेपालीलाई चयन गरेको छ ।
त्यसै गरी सदस्यहरूमा मिलन विक, दीपेन्द्र नेपाली, सम्झना उरकुटी, कल्पना नेपाली, कुमार मिजार, कुलबहादुर रोका र सुशिला मुग्राती चयन भएका छन् । अधिवेशनको उद्घाटन उद्घाटन गर्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले समतामूलक समाज निर्माणका लागि नेपाल राष्ट्रिय दलित कल्याण सङ्घको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
दलितको हक अधिकार र समाजमा हुनसक्ने विभेद तथा सबै किसिमका भेदभावको अन्त्य गर्न संस्थाले अझै आफ्नो गतिविधिहरूलाई बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
Advertisement
कार्यक्रममा राष्ट्रिय दलित कल्याण सङ्घका केन्द्रित सदस्य भिमबहादुर नेपाली, पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे, पूर्व अध्यक्ष नवराज पथिक, प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापका अध्यक्ष नवराज विक र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछापका कोषाध्यक्ष शङ्कर बरुवालले अहिलेको अवस्थालाई ध्यानमा राखेर संस्थाको क्रियाशीलता आवश्यक रहेकोमा जोड दिए ।
समाजमा भइरहेका र हुनसक्ने सबै प्रकारका विभेद्हरुको अन्त्य गरी समतामूलक समाज निर्माणमा नेपाल राष्ट्रिय दलित कल्याण सङ्घको भूमिका प्रभावकारी हुनुपर्नेमा उनीहरूको जोड थियो ।
प्रतिक्रिया