कथा

समर्पण …………..कथा

कथा एउटा सानो गाउँबाट सुरु हुन्छ। त्यो गाउँमा एउटा सानो परिवार बस्दथ्यो। परिवारमा तीन जना सदस्य थिए—बुबा, आमा, र छोरी आरु। बुबा, रामबहादुर, गाउँमा सबैका प्रिय थिए। उनी सधैं इमान्दार, मिहिनेती र अरूको सेवामा जुटिरहने व्यक्ति थिए। उनको अनुहारमा सधैं मुस्कान बस्थ्यो, जसले कसैलाई पनि सहजै आकर्षित गरिदिन्थ्यो।

रामबहादुरको जीवनमा सबैभन्दा ठूलो सम्पती भनेको उनकी छोरी आरु थिई। आरु रामबहादुरको मात्र होइन, गाउँभरिका सबैको प्रिय थिई। उसकी चन्चलता, मिठास र असल व्यवहारले सबैको मन जितेको थियो। तर, आरुको लागि उसको बुबा नै संसारको केन्द्र थिए। आरु सधैं बुबासँग सानासाना कुराहरू साट्न मन पराउँथी—जस्तो कि, बिहान सँगै उठेर चिया खानु, बुबासँग सँगै हिँडेर स्कूल जानु, अनि स्कूलबाट फर्किएर बुबाको काखमा खेल्नु। बुबा पनि आरुको हरेक साना कुरामा ध्यान दिन्थे, उसको हरेक खुशीमा रमाउँथे।

Advertisement

समय बित्दै गयो, आरु ठूली हुँदै गई। ऊ स्कूलको विद्यार्थीबाट कलेजको विद्यार्थी बनिसकेकी थिई। तर उसको बुबाप्रतिको प्रेम र समर्पणमा कहिल्यै कमी आएन। सधैं आफ्नो बुबाको हेरचाह गर्ने, उनको खुशीको ख्याल राख्ने आरु, अब आफ्नो करिअरमा पनि ध्यान दिन थालिसकेकी थिई। रामबहादुर, अब अलिकति बूढा भइसक्नुभएको थियो। तर उनको उमेरले भन्ने होइन कि उनको मन पनि बूढो भइसकेको थियो। उनमा सधैं उत्साह र उमंग भरिएको थियो। उनलाई विश्वास थियो कि आरु एकदिन ठूलो व्यक्ति बन्नेछे, र उनी त्यसैका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्न तयार थिए।

तर, समय सधैं एउटै गतिमा हिँड्दैन। एकदिन, रामबहादुर गाउँबाट शहर जादै थिए। उनी आफ्नो छोरीको भविष्यका लागि कागजातहरू मिलाउन शहर गएका थिए । त्यो दिन केही असामान्य थियो—वातावरणमा एक प्रकारको धमिलो थियो, आकाश बादलले ढाकिएको थियो। हावामा एक प्रकारको बेचैनी फैलिरहेको थियो। रामबहादुरले त्यो दिन आफ्नो मनमा पनि केही अनौठो महसुस गरिरहेका थिए। उनले आफ्नो छोरीको कल्याणका लागि प्रार्थना गरे, अनि आफ्नो यात्रामा निस्किए।

Advertisement

शहर पुगेर उनले आफ्नो काम सकाएर घर फर्किन लाग्दा एकाएक उनलाई छात्तीमा एक प्रकारको पीडा महसुस भयो। उनी बिस्तारै बसेर आराम गर्न थाले, तर पीडा बढ्दै गयो। उनले एकछिन सोच्न थाले, यो पीडा असामान्य हो, तर उनी सधैं आफैंलाई बलियो मान्थे, त्यसैले उनले यसलाई बेवास्ता गरे। उनी घर फर्किएर आए, तर त्यो रात उनले आफूलाई निकै थकित महसुस गरे।

आरुले आफ्नो बुबाको अनुहारमा थकान देखी। उसले बुबालाई सोधी, “बुबा, तपाईंलाई के भयो? तपाईं किन यति थकित देखिनु भएको?“

Advertisement

रामबहादुरले मुस्कुराउँदै भने, “केहि भएको छैन, छोरी। म ठीक छु। सायद आजको यात्राले अलिकति थकान लागेको होला। चिन्ता नगर, म ठीक छु।“

तर, आरु, सधैं आफ्नो बुबाको मन पढ्न सक्थी, उनले महसुस गरिन् कि बुबाको कुरा साँचो थिएन। बुबाको अनुहारमा पीडाको झलक उसले स्पष्ट देखी। तर, ऊ धेरै सोचेर डराउन चाहँदिनथी।

समय बित्दै गयो, तर बुबाको स्वास्थ्यमा केही सुधार आएन। उनी बिस्तारै कमजोर हुँदै गइरहेका थिए। उनको चल्दाचल्दै खुट्टा लुलो हुन्थ्यो, छात्तीमा असह्य पिडा महसुस हुन्थ्यो, र उनी आराम गर्न चाहन्थे। आरुले बुबालाई धेरैपटक डाक्टरकोमा जान आग्रह गरिन्, तर बुबा सधैं जिद्दी गरिहाल्नुहुन्थ्यो, “म ठीक छु, छोरी। तिमीले आफ्नो पढाइमा ध्यान देऊ। माया चिन्ता लिएर मानिस अस्वस्थ हुँदैन।“

तर, अन्ततः एक दिन, बुबाको स्वास्थ्यले गम्भीर मोड लियो। उनी बेहोस भएर घरमै लडे। आरुले उनलाई तुरुन्त अस्पताल लगिन्। डाक्टरले परीक्षण गरेपछि थाहा भयो कि रामबहादुरलाई ब्रेन स्टेक अर्थात मस्तिस्क घात भएको रहेछ। डाक्टरले भन्यो, “तपाईंको बुबाको स्वास्थ्य गम्भीर छ। उनलाई तुरुन्तै उपचार गर्न आवश्यक छ।“

आरुको लागि यो समाचार एकदमै ठूलो झट्का थियो। उसले कहिल्यै कल्पना पनि गरेकी थिइन कि उसका बलियो, हँसिला, र प्रेरणादायी बुबा यस्तो कमजोर अवस्थामा पर्नु हुनेछ। उसले अस्पतालको शैयामा सुतेका बुबाको हात समातेर रोइ। उसले बुबासँग बिन्ती गरिन्, “बुबा, म तपाईंलाई यसरी हेर्न सक्दिन। तपाईं चाँडै ठीक हुनुहुन्छ, हैन त? तपाईंले त मसँग धेरै कुरा गर्नु भएको थियो, मैले त तपाईंलाई खुशी राख्ने वचन दिएको छु।“

रामबहादुरले मुस्कुराउँदै भने, “छोरी, जिन्दगीमा कहिल्यै हार मान्नु हुँदैन। म तिमीलाई यही कुरा सिकाउन चाहन्थेँ। म तिमीलाई एक्लै छोड्न चाहन्न, तर समयले मलाई रोक्न सक्तैन। तिमीले आफ्नो जीवनमा सधैं अगाडि बढ्नुपर्छ, चाहे परिस्थिति जस्तो भए पनि।“

आरुको आँसु थामिएन। उसले बुबाको हरेक शब्दलाई मुटुमा राख्दै वचन दिई, “बुबा, म तपाईंको इच्छालाई साकार बनाउँछु। म सधैं तपाईंको हरेक सिकाइलाई पालन गर्नेछु। म तपाईंको सपना पूरा गरेर देखाउँछु।“

त्यस दिनपछि आरु आफ्नो बुबालाई बचाउन कुनै कसर बाँकी राखिनन्। तर, बुबाको स्वास्थ्य दिनप्रतिदिन बिग्रिँदै गयो। अन्ततः, एक दिन, बुबाले संसारलाई सदाको लागि बिदा गरे। आरु र उसको परिवारले ठूलो पीडालाई सामना गर्नुपर्यो।

आरुको जीवनमा बुबाको अनुपस्थितिले एउटा खाली ठाउँ छोडिदियो। उसको मुटु भाँचिएको थियो, तर उसले हार मान्न चाहिन। बुबाको अन्तिम शब्दले उसलाई सधैं प्रेरित गरिरह्यो। उसले बुबाको सपना पूरा गर्न थाले। उसले आफ्नो पढाइमा ध्यान दिन थाली, बुबाको इच्छालाई साकार बनाउने सपनामा जति मिहिनेत गर्नुप¥यो, उसले गरि।

समय बित्दै गयो। आरु अब एउटा सफल व्यक्तिका रूपमा उभिइन्। तर उसको मनमा सधैं बुबाको याद रहिरह्यो। उनले हरेक दिन बुबाको सम्झनामा प्रार्थना गर्थिन्। उनले बुबाको अनुपस्थितिमा पनि उनलाई आफ्नो छेउमै भएको महसुस गर्थिन्।

आज बुवाको मुख हेर्ने दिनको अवसरमा, आरुले बुबाको लागि एक विशेष पूजा गरिन्। उनले बुबाको तस्बिर अगाडि दीप प्रज्वलन गरी, आँसुका केही थोपा पोखिन्। उनले भनिन्, “बुबा, तपाईं जहाँ हुनुहुन्छ, तपाईंलाई थाहा छ, म सधैं तपाईंको सम्झनामा बाँचिरहनेछु। तपाईंले मलाई सिकाउनु भएको हरेक कुरा मेरो जीवनको आधार हो। तपाईंको आशिर्वादले म आज यो स्थानमा छु। तपाईंको सपना पूरा गरेर म खुशी छु, तर म तपाईंलाई सधैं सम्झिरहनेछु।“

आरुको हरेक शब्दमा बुबाप्रतिको गहिरो माया, सम्मान र समर्पण स्पष्ट देखिन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च