संविधान दिवस तथा राष्ट्रिय दिवसमा एमाले रामेछापले गर्‍यो दीप प्रज्वलन

रामेछाप । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ देशभर जस्तै रामेछापमा पनि विभिन्न कार्यक्रम गरी हर्षोल्लासका मनाइएको छ ।

नेपालको संविधान २०७२ जारी भएको नौ वर्ष पूरा भई दश वर्षमा प्रवेश गरेको छ । नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।  

Advertisement

संविधान दिवस तथा राष्ट्रिय दिवस नेकपा एमाले जिल्ला कमिटी रामेछापले दीप प्रज्वलन लगायतका कार्यक्रम गरी मनाएको छ । नेकपा एमाले रामेछापले नेपालको संविधान २०७२ जारी भएको दिनको सम्झनामा सदरमुकाम मन्थली मदन-आश्रित पार्कमा बिहीबार साँझ दीप प्रज्वलन गरेको छ । दीप प्रज्वलन कार्यक्रममा बागमती प्रदेश सांसद बागमती प्रदेश पर्यटन तथा वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटी सदस्य गोपाल श्रेष्ठ, एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाश कुमार कार्की, जिल्ला कमिटीका सदस्यहरू, एमाले मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरे तथा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका नेताहरूको सहभागिता रहेको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च