स्वास्थ्य कार्यक्रमको सूचक मापनमा मन्थली नगरपालिका जिल्लामै पहिलो, उमाकुण्ड दोस्रो

रामेछाप । रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका स्वास्थ्य कार्यक्रमको सूचक मापनमा रामेछाप जिल्लामा पहिलो बनेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको सूचकाङ्कका आधारमा मूल्याङ्कन गर्दा मन्थली नगरपालिका प्रथम र मन्थली अस्पताल जिल्लाकै उत्कृष्ट तीन स्वास्थ्य संस्था भित्र पर्न सफल भएको हो ।

स्वास्थ्य क्षेत्रमा पालिकाहरूलाई १०० नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्दै मन्थली नगरपालिका जिल्लामा पहिलो बनेको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार साहले बताउनुभयो । पालिकाहरूले स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमहरूको सूचकाङ्कका आधारमा मूल्याङ्कन गर्दा उमाकुण्ड गाउँपालिका दोस्रो र खाँडादेवी गाउँपालिका तेस्रो भएको उहाँले बताउनुभयो ।

Advertisement

आर्थिक वर्ष २०८०÷८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमबाट प्राप्त सूचकको आधारमा रामेछाप जिल्लाका पालिकाहरू मध्यमा मन्थली नगरपालिका ७५ अङ्क प्राप्त गरी प्रथम र मन्थली अस्पताल जिल्ला भरिका स्वास्थ्य संस्थाहरूमा उत्कृष्ट ३ वटा स्वास्थ्य संस्थाभित्र पर्न सफल भएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयालले बताउनुभयो ।

गत आर्थिक वर्ष २०८०।०८१ को स्वास्थ्य कार्यक्रमहरूको विभिन्न सूचकहरू मापनमा रामेछाप जिल्लाको सम्पूर्ण पालिकाहरू मध्येमा उमाकुण्ड गाउँपालिका दोस्रो र जिल्ला भरी सञ्चालित स्वास्थ्य संस्थाहरू मध्ये स्वास्थ्य चौकी प्रीति दोस्रो स्थान हासिल गर्न सफल भएको उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च