रामेछाप । बोलेरो दुर्घटनामा वडा सदस्यको निधन भएपछि रामेछापको मन्थली नगरपालिकाले भोलि९सोमबार० शोक बिदा दिएको छ । सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका–४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेर गाडी मन्थली नगरपालिका–५ सुनारपानी स्थित भदौरे डाँडा घुम्तीमा आइतबार दुर्घटना भएको थियो ।
दुर्घटनामा मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य ६० वर्षीय पदममाया नेपालीको निधन भएको थियो भने सालुकै अन्य ६ जना घाइते भएका थिए । आइतबार साँझ मन्थली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्तकुमार बुढाथोकीले एक सूचना प्रकाशन गरी दलित महिला वडा सदस्य नेपालीको बोलेरो गाडी दुर्घटनामा परी निधन भएकोमा दुःख व्यक्त गर्दै नगरपालिकाले भोलि (सोमबार) शोक बिदा दिएको जानकारी गराउनुभएको हो ।
Advertisement
सूचनामा भोलि (सोमबार) मन्थली नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द हुने उल्लेख गरिएको छ ।
प्रतिक्रिया