रामेछापमा बोलेरो दुर्घटना अपडेटः मृतकको सङ्ख्या दुई पुग्यो

रामेछाप । रामेछापमा डबल क्यापको बोलेरो दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या दुई जना पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका मन्थली नगरपालिका–४ सालुका ६९ वर्षीय दिलीप कुमार बरुवालको उपचारका क्रममा धुलिखेल अस्पताल काभ्रेमा ज्यान गएको मन्थली नगरपालिका–५ सुनारपानीका वडा अध्यक्ष रविन कार्कीले जानकारी दिनुभयो ।

यसअघि सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका–४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेर गाडी मन्थली नगरपालिका–५ सुनारपानी स्थित भदौरे डाँडा मोडमा आइतबार दिउँसो १ बजे दुर्घटना हुँदा मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य ६० वर्षीय पदममाया नेपालीको मृत्यु भएको थियो । दुर्घटनामा परी मन्थली नगरपालिका–४ सालुकी ३४ वर्षीय सीता नेपाली, २५ वर्षीय सुजिता रसाइली, बोलेरो चालक ४२ वर्षका गुणकुमार थापामगर, २५ वर्षीय सरिता नेपाली र ५ महिनाको बालिका रोनिसा नेपाली घाइते भएका छन् ।

Advertisement

घाइते मध्ये चालक गुणकुमार थापामगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । मन्थलीबाट ७ जना मानिस लिएर सालु गएको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च