रामेछापमा दुर्घटना न्यूनीकरणका लागि सवारी चालक प्रतिबद्धता अभियान

रामेछाप । रामेछापमा दसैँ, तिहार लगायतका चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालक प्रतिबद्धता अभियान चलाइएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले असोज ३ गतेबाट चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटनालाई मध्यनजर गरी सवारी चालक प्रतिबद्धता अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो ।
यो अभियान अन्तरगत दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीका चालक तथा सहचालकलाई र यातायात व्यवसायीहरूलाई सवारी चलाउँदा अपनाउनुपर्ने विभिन्न सतर्कताका बारेमा प्रतिबद्धता गराई प्रतिबद्धतामा हस्ताक्षर समेत गराइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “चाड पर्वका समयमा स–साना कमजोरीका कारणले पनि सवारी दुर्घटना हुन सक्छ । यसैलाई ध्यानमा राखेर सवारी चालक प्रतिबद्धता अभियान सञ्चालन गरिएको हो । यो अभियान अन्तरगत मोटरसाइकल तथा स्कुटर र यात्रुबहाक बस, निजी गाडी र माइक्रो बसका चालक, सहचालक र व्यवसायीले अपनाउनुपर्ने सतर्कताका बारेमा हस्ताक्षर सहित प्रतिबद्धता गराइन्छ ।”

Advertisement

उहाँका अनुसार यो अभियान अन्तरगत ट्राफिक प्रहरीले अन्तरगत मोटरसाइकल र स्कुटर चालकलाई मैले सवारी चलाउँदा सधैँ हेलमेट लगाउनेछु, जसले मेरो टाउको र जीवन बचाउने छ, धेरै हतार गरेर सवारी चलाउने छैन, जसका कारण म दुर्घटनाबाट बच्न सक्छु, सुरक्षित नभएसम्म ओभरटेक गर्ने छैन, बरु ढिलो पुगेर केही हुँदैन, हतार गर्दा दुर्घटना हुन सक्छ जस्ता सतर्कताहरूमा प्रतिबद्धता गराइएको छ । त्यसै गरी शारीरिक थकान, मानसिक तनाव तथा अनिन्द्रा भएको बेलामा सवारी चलाउने छैन, मादक पदार्थ सेवन गरी कहिल्यै सवारी चलाउने छैन जस्ता कुराहरूमा चालकलाई प्रतिबद्धता गराइएको छ ।

यस्तै यात्रुबहाक बस, निजी गाडी र माइक्रो बसका चालक तथा सहचालकहरूलाई धेरे चाँडो र हतार गरेर सवारी चलाउने छैन, जसबाट म तथा मेरा यात्रुलाई दुर्घटनाबाट बचाउँछु, जाँड, रक्सी तथा नशालु पदार्थको सेवन गरी कहिल्यै सवारी चलाउने छैन जस्ता सतर्कतामा प्रतिबद्धता गराइरहेको छ । सुरक्षित नभएसम्म ओभर टेक गर्ने छैन, बरु ढिलो पुगेर केही हुँदैन हतार गर्दा दुर्घटना हुनसक्छ, शारीरिक थकान, मानसिक तनाव तथा अनिन्द्रा भएको बेलामा सवारी चलाउने छैन, गाडीको अवस्था चेक जाँच गरी ठिक भए मात्रै चलाउने र पूर्ण रूपमा ट्राफिक नियमको पालना गरेर मात्रै सवारी चलाउने छु जस्ता कुराहरूमा ट्राफिक प्रहरीले प्रतिबद्धता गराइरहेका छन् ।

Advertisement

नेपालीको ठुला चाडहरू विशेष गरी दसैँ, तिहार जस्ता चाडपर्वहरूमा चालकको स–साना कमजोरीका कारण सडक दुर्घटना हुन सक्ने भएकाले यो बेलामा प्रहरीको यो सवारी चालकको प्रतिबद्धता अभियान निकै राम्रो भएको गैरसरकारी संस्था महासङ्घ नेपाल रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले बताउनुभयो । ट्राफिक प्रहरीले ट्राफिक नियमको पूर्ण कार्यान्वयनका लागि हरेक सवारी साधनको चेक जाँचमा थप कडाइ गरी सवारी चालकको प्रतिबद्धता अभियानलाई गाउँ गाउँमा लैजान आवश्यक रहेको उहाँले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च