रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा १५ वर्ष मुनिको प्रथम अखिल कप पुरुष फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । अनेरास्ववियु रामेछाप खेलकुद विभागको व्यवस्थापनमा अनेरास्ववियु रामेछापले यही असोज १७ र १८ गते दुई दिन प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा सहभागिताका लागि यही असोज १५ गते साँझ ५ बजेसम्म टिम दर्ता गर्न सकिने आयोजन अनेरास्ववियु रामेछापले जनाएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः २० हजार, १० हजार रुपैयाँ नगर पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिनुभयो ।
Advertisement
त्यसै गरी विभिन्न ४ वटा विधामा उत्कृष्ट खेलाडीहरूलाई नगद एक हजार रुपैयाँ सहित ट्रफि प्रदान गरिने अध्यक्ष भट्टराईले बताउनुभयो । प्रतियोगिताका सबै खेल मन्थली माविको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया