आज ४५ औँ विश्व पर्यटन दिवस, रामेछापमा पर्यटकलाई स्वागत गरी मनाइयो

रामेछाप । आज ४५ औँ विश्व पर्यटन दिवस रामेछापमा सगरमाथा क्षेत्र भ्रमणका लागि आएका पर्यटकहरूको स्वागत गरी मनाइएको छ । ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ सदरमुकाम मन्थली स्थित मन्थली विमान स्थलमा सगरमाथा क्षेत्र भ्रमणका लागि विभिन्न देशबाट आएका पर्यटकलाई स्वागत कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको हो ।

रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घले मन्थली विमानस्थल आसपासका क्षेत्र सरसफाइ गरी सगरमाथा क्षेत्र भ्रमणका लागि मन्थली विमान स्थलबाट लुक्ला जान विभिन्न देशबाट आएका पर्यटकहरूलाई स्वागत गरेको हो ।

Advertisement

लुक्ला जान मन्थली विमान स्थल आएका पर्यटकहरूलाई खादा लगाएर स्वागत र विमान स्थल आसपासका क्षेत्रको सरसफाइ कार्यक्रम गरी ४५ औँ विश्व पर्यटन दिवस मनाइएको रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कवीन्द्र लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो“नेपाली आतिथ्यता क्षेत्रको विकास एवम् प्रवर्द्धन गर्ने उद्देश्यले होटेल सङ्घको आयोजनामा पर्यटकहरूलाई स्वागत गरिएको हो । कोरोना महामारीपछि पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किने क्रममा छ । स्वागत कार्यक्रमबाट मन्थलीका होटलहरुले प्रदान गरिरहेका सेवा सुविधाका बारेमा पर्यटकहरूसँग सुझावहरू पनि लिएका छौँ ।”

Advertisement

कोरोना महामारीपछि चलायमान बन्दै गएको पर्यटन क्षेत्रको व्यापक प्रवर्द्धन र बजारीकरणलाई तीव्रता दिन आवश्यक रहेको रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घका पूर्व अध्यक्ष शेखरमान श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो “रामेछापमा पर्यटन क्षेत्रमा ठुलो सम्भावनाहरू छन् । अब तीनै तहका सरकारका साथै निजी क्षेत्रसँगको सहकार्यमा सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ । पर्यटन प्रवर्द्धन र पूर्वाधारको विकास गरी अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने तर्फ सबै लाग्नुपर्छ ।”

Advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च