रामेछाप । केही दिन अगाडीबाट सुरु भएको मन्थली–लुक्ला उडान मौसममा आएको खराबीले रोकिएको छ । खराब मौसमका कारण उडान हुन नसक्दा सगरमाथा क्षेत्र भ्रमणका लागि लुक्ला जान मन्थली आएका पर्यटकहरू रोकिएका छन् ।
शरद ऋतु अन्तरगत भर्खरै मात्र सुरु भएको उडान मौसममा आएको खराबीका कारण रोकिएको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उप–प्रबन्धक हिरण्य साहले बताउनुभयो । उहाँले भन्नुभयो “यो सिजन सुरु भएपछि गत बुधवार सबै भन्दा बढी २३ वटा मन्थली–लुक्ला उडान भएका छन् । मौसममा आएको खराबीले अहिले उडान रोकिएको छ । पर्यटकीय सिजनमा एक दिनमा ६० वटा सम्म मन्थली–लुक्ला उडान भएको नागरिक उड्डयन प्राधिकरण मन्थलीको रेकर्ड छ ।”
Advertisement
सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।
मन्थली विमान स्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजहरूले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई लुक्ला पु¥याउने र ल्याउने गरिरहेका छन् । नागरिक उड्डयन प्राधिकरण मन्थलीका अनुसार अहिले एउटा उडान मार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् ।
Advertisement
प्रतिक्रिया