काठमाण्डाै । रामेछापको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग भेट गर्नुभएको छ ।
नगर प्रमुख श्रेष्ठको नेतृत्वमा गएको टोलीले शुक्रवार कार्यवाहक प्रधानमन्त्री एवं उप–प्रधान तथा सहरी विकास मन्त्री सिंह र शिक्षा मन्त्री भट्टराईलाई भेटेर नगरपालिकाको पूर्वाधार विकास र शिक्षा क्षेत्रको विकासका बारेमा जानकारी गराउनुभएको छ ।
Advertisement
उप–प्रधानमन्त्री सिंहसँग नगर प्रमुख श्रेष्ठले नगरमा अहिले भइरहेको विकास निर्माणको अवस्थाका बारेमा जानकारी गराएपछि मन्थली नगरपालिकालाई पूर्वाधारका हिसाबले कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठका अनुसार शिक्षामन्त्री भट्टराईसँग नगरपालिकाको शिक्षा क्षेत्र सुधार लगायत समसामयिक विषयमा छलफल भएको छ । भेटघाट तथा छलफलमा दुवै जना मन्त्रीहरूले स्थानीय तहको पूर्वाधार विकास र शिक्षा क्षेत्रको विकासका लागि वर्तमान सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया