एमाले रामेछापको तेस्रो पूर्ण बैठकः विभिन्न विभागको जिम्मेवारी प्रदान गर्ने सहित नौ वटा निर्णय

रामेछाप । नेकपा एमाले रामेछापले रित्त रहेका विभिन्न विभागमा जिम्मेवारी प्रदान गर्ने सहित नौ वटा निर्णयहरू गरेको छ । पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता र पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश कमिटी इन्चार्ज डाक्टर राजन भट्टराईको प्रमुख अतिथ्यतामा बिहीबार मन्थलीमा भएको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले नेताहरूलाई जिम्मेवारी प्रदान सहितका निर्णयहरु गरेको हो ।

बैठकले जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल र सचिव प्रकाशकुमार कार्कीलाई यस अघि नै समग्र पार्टी नेतृत्व, कोष तथा वित्त व्यवस्थापन र सङ्गठन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिसकिएकोमा अन्य पदाधिकारी र सदस्यहरूको कार्य विभाजन गरेको एमाले रामेछापको प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उपसचिव मिलनकुमार घिसिङलाई जनसङ्गठन संयन्त्र प्रमुख, उपसचिव मखमली श्रेष्ठलाई पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । त्यस्तै विभागीय प्रमुख, उपप्रमुख, जनसङ्गठन इन्चार्ज र ६४ वटै वडा कमिटी इन्चार्ज र सम्पर्क समन्वयको जिम्मेवारी समेत तोकिएको छ ।

Advertisement

बैठकमा पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईं, केन्द्रीय सदस्य एवं निवर्तमान रामेछाप जिल्ला इन्चार्ज गणेशकुमार पहाडी, केन्द्रीय कमिटी सदस्य एवं सङ्गठन विभाग सचिव माधव ढुङ्गेल, गीता कार्की, वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायत रामेछाप भूगोल भएका प्रदेश कमिटीका नेताहरू लगायतको उपस्थिती रहेको थियो ।
बैठकले गरेका ९ वटा निर्णय यस्तो छ हेर्नुहोस् ।
१. दोस्रो जिला कमिटी पूर्णबैठक २०८१ साउन ३ को निर्णय अनुसार मनोनीत जिल्ला कमिटी सदस्यहरूको शपथग्रहण सम्पन्न भयो ।
२. जिल्ला पार्टी इञ्चार्ज पोलिटब्युरो सदस्य क. कमलप्रसाद चौलागाईंलाई स्वागत तथा निवर्तमान जिल्ला इञ्चार्ज पार्टी केन्द्रीय कमिटी सदस्य गणेशकुमार पहाडीलाई फेरि भेटौंला कार्यक्रम सम्पन्न गरियो ।
३. पार्टी संगठित सदस्य नवीकरण तथा अभिलेखीकरण गरी मातहत कमिटी मार्फत आएका सदस्यहरूको विवरणलाई माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरियो ।
४. जिल्ला कमिटीका अध्यक्ष क. पुरुषोत्तम कडरिया, उपाध्यक्ष क. होतराज ढकाल र सचिव क. प्रकाशकुमार कार्कीलाई यस अघि नै समग्र पार्टी नेतृत्व, कोष तथा वित्त व्यवस्थापन र संगठन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिसकिएकोमा अन्य पदाधिकारी र सदस्य कमरेडहरूको कार्यविभाजन बैठकले गरेको छ । जस अनुसार उपसचिव क. मिलनकुमार घिसिङलाई जनसंगठन संयन्त्र प्रमुख, उपसचिव मखमली श्रेष्ठलाई पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै विभागीय प्रमुख, उपप्रमुख, जनसंगठन इञ्चार्ज र ६४ वटै वडा कमिटी इञ्चार्ज र सम्पर्क समन्वयको जिम्मेवारी समेत तोकिएको छ ।
५. रामेछाप प्रदेश सभा समन्वय कमिटी “क“ को संयोजकको जिम्मेवारी भीमबहादुर तामाङलाई र “ख“ को जिम्मेवारी क. प्रेमकुमार लामालाई दिने निर्णय गरिएको छ ।
६. दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क, गोकुलगंगा गाउँपालिका–६ फर्पु लगायत जिल्लाका विभन्न स्थानमा गएको बाढी पहिरोले जनधनको क्षति पुर्याएको घटना प्रति बैठकले दुःख व्यक्त गरेको छ । साथै राहत र उद्धार कार्यमा सक्रिय सहभागिता जनाउने पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक सहयोगी दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै पहिरो पीडितको उचित व्यवस्थापन र पुनर्स्थापनाको काम तत्काल अघि बढाउन सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ । वर्षा जारी रहेकोले हुन सक्ने क्षति प्रति सजग र सचेत रहन सम्पूर्ण जिल्लावासीलाई बैठकले अनुरोध गरेको छ ।
७. पार्टीको जिल्ला कार्यालय भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको र सो भवन निर्माणमा योगदान गर्न चाहने पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक तथा सहयोगी दाताहरूलाई सकेको सहयोग र योगदान गर्न अपिल गर्ने निर्णय बैठकले गरेको छ ।
८. बैठकले पार्टी पालिका कमिटीको निर्णय अनुमोदन गरेको छ ।
९. बैठकले पार्टीको वार्षिक कार्ययोजना तथा बजेट निर्माण गर्नुका साथै, हालसम्मको आयव्यय विवरणलाई अनुमोदन गरेको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च