रामेछाप । निरन्तरको झरीले सुनकोसीमा बाढीको सतहले खतराको तह पार गरेको छ । सुनकोशीमा बाढीको सतह खतराको तह पार गर्दा नजिकैका बजार तथा बस्तीहरू डुबानमा परेका छन् । सिन्धुलीको खुर्काेट तल्लो बजार पुरै डुबानमा परेको स्थानीयले बताएका छन् । खुर्काेट तल्लो बजारको बसपार्क क्षेत्र पुरै डुबानमा परेका छन् । त्यसै गरी सिन्धुलीकै मुलकोट बजार पनि डुबानमा परेको स्थानीयले बताएका छन् ।



प्रतिक्रिया