रामेछाप । रामेछापमा बिहीबारदेखिको परेको अविरल वर्षाका कारण बाढी तथा पहिरोका जोखिममा रहेका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
खाँडादेवी गाउँपालिका–३ भीरपानी सित्खाबजार र उमाकुण्ड गाउँपालिका वडा नं ४ र ५ का उच्च जोखिममा रहेका केही घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
Advertisement
वर्षासँगैको बाढी तथा पहिरोका कारण जिल्ला भित्रका मुख्य तथा सहायक सडकहरूका केही स्थानहरूमा आंशिक अवरुद्ध भएका छन् । स्थानीय तह र सडक डिभिजन कार्यालयसँगको समन्वयमा अवरोध हटाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । निरन्तर वर्षा भइरहेकाले अत्यावश्यक काममा बाहेक यात्रा नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार भोलि (आइतबार) सम्म भारी वर्षा हुने भएकोले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने आम स्थानीय बासीहरूमा सतर्क रहन र घटना हुन सक्ने अवस्था देखिएमा स्थानीय जनप्रतिनिधि, नजिकमा रहेको सुरक्षा निकाय, जिल्ला प्रहरी कार्यालय लगायतका सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय साथै सरोकारवाला निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ ।
प्रतिक्रिया