रामेछाप । तामाकोशीमा पानीको सतह बढेपछि रामेछाप सदरमुकाम स्थित मन्थली विमानस्थलमा पानी पसेको छ । हाटे चौरमुनि रहेको खेल मैदान डुबानमा परेको र मन्थली विमानस्थलमा पानी पसेको स्थानीय गुजेश्वरी श्रेष्ठले बताउनुभयो ।
बिहीबारदेखिको अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव बढेसँगै रामेछापको मन्थली नगरपालिका–१ स्थित एयरपोर्ट र हाटेचौर आसपासका केही क्षेत्र जलमग्न बनेका छन् । वर्षा जारी रहेकाले एयरपोर्ट क्षेत्र लगायत कोशी किनारका बस्तीहरूमा डुबानको जोखिम झन् बढेको छ ।
प्रतिक्रिया