रामेछाप र सिन्धुली जोड्ने खुर्काेटको मोटेरेवल पुल बाढीले बगायो

रामेछाप । रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ । निरन्तरको झरीले सुनकोसीमा आएको बाढीले दुई जिल्ला जोड्ने खुर्काेटमा रहेको मोटेरेवल पुल शनिवार मध्यान्हको समयमा बगाएको स्थानीयले बताएका छन् । यो पुल निर्माण भएपछि रामेछाप र दोलखाका नागरिकलाई राजधानी काठमाडौँ जाने आउने दुरी छोटो भएको थियो ।

यो पुल बगाएसँगै अब रामेछापका नागरिकहरूलाई सित्खाको बाटो वा दोलखाको चरिकोट हुँदै खाडिचौरको बाटो भएर राजधानी काठमाडौँ आऊ जाऊ गर्नुपर्ने भएको छ । यो पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१÷०७२ मा अनक, बाइपि तुण्डी जेभीले निर्माण गरेको थियो । यो पुल बनेपछि रामेछाप सदरमुकाम मन्थलीबाट काठमाडौँ जान झन्डै ७५ किलोमिटर दूरी कम भएको थियो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च