रामेछापमा बाढी पहिरोः एक जनाको मृत्यु, दुई वटा पक्की पुल बगायो

रामेछाप । अविरल वर्षासँगैको पहिरोले गोठ पुर्दा रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनी स्थित दारिम बोटमा एक महिलाको ज्यान गएको छ । शनिवार दिउँसो माथिबाट खसेको पहिरोले गोठ पुर्दा गोठमा भैँसी र बाख्रा फुकाउँदै गरेकी ५४ वर्षकी धनमाया मगरको ज्यान गएको सोही वडाका वडा अध्यक्ष राजेश तामाङले जानकारी दिनुभयो । वडा अध्यक्ष तामाङका अनुसार पहिरोले गोठ पुर्दा एउटा भैँसी र ११ वटा बाख्रा पनि मरेका छन् ।
सुनकोशीमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने महत्त्वपूर्ण दुई वटा पक्की पुल बगाएको छ । बाढी पहिरोले जिल्लाका अधिकांश सडकहरू ठुलो मात्रामा क्षति गरेको छ ।

सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सेलेघाट–खुर्कोटको पुल र सोही अस्थानमा रहेको झोलुङ्गे पुल सुनकोशीको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पुलसँगै रामेछापतर्फको सडक पनि कटान गर्दा मन्थली नगरपालिकाले निर्माण गरेको प्रवेशद्धार पनि भत्कीएको छ । खुर्कोटबाट रामेछाप जोड्ने पुल भत्किँदा रामेछाप सहित ओखलढुङ्गा, दोलखा र सोलुखुम्बुको केही भागमा सडक बिच्छेद भएको छ ।

Advertisement

त्यस्तै पश्चिम रामेछापलाई राष्ट्रिय राजमार्गसँग जोड्ने खाँडादेवी गाउँपालिका–१ राकाथुमको खैरेनीघाट र सिन्धुलीको सुनकोशी गाँउपालीका–१ दुम्जा स्थित पक्की पुल पनि सुनकोशीको बाढीले बगाएको खाँडादेवी गाउँपालिका–१ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो ।
खाँडादेवी गाउँपालिका–३ सित्खा बजारमा बाढीले पाँच वटा घरहरू बगाएको र जोखिममा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव निरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । खाँडादेवी गाउँपालिका–१ बेल घारीमा रहेको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च